पाँचथर,१२ जेठ । जबरजस्ती करणी गरेका आरोपमा एक वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
फाल्गुनन्द गाउँपालिका–१, का रामबहादुर श्रेष्ठलाई प्रहरीले करणी गरेको आरोपमा पक्राउ गरेको हो । श्रेष्ठले गएको वैशाख २३ गते राति त्यसै ठाँउकी एक महिलालाई जबरजस्ती करणी गरेको पीडित परिवारको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाशकुमार गुप्ताले बताउनुभयो । पक्राउ परेका वृद्धमाथि जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्