ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा सेवा सुविधाको बिधेयक पारित: जिसस प्रमुखको तलबभत्ता ४१ हजार अन्यको कति ?


admin
१६ जेष्ठ २०७५, बुधबार   ६ : २४   बजे

बुटवल, १६ जेठ । प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि बिधेयक पारित भएको छ । अब ती तहमा रहेका पदाधिकारी र सदस्यले सेवा र सुबिधा पाउने बाटो खुलेको हो ।

प्रदेशसभा ५ को दोश्रो अधिबेशन अन्तर्गत आज बसेको चौथो बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि पारिमार्जित बिधेयक पारित गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव भत्ता ४१ हजार रुपैया, उपप्रमुखको ३६ हजार रुपैया र सदस्यको १६ हजार रुपैया, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैया, उपप्रमुखको ३५ हजार रुपैया, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैया र वडा सदस्यको ९ हजार रुपैया पारित गरेको छ ।

त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुेपैया, उपप्रमुखको ३० हजार रुपैया, वडा अध्यक्षको २५ हजार रुपैया, कार्यपालिका सदस्यको १३ हजार रुपैया, सदस्यको ८ हजार रुपैया र गाउपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैया , उपाध्यक्षको २७ हजार रुपैया, वडा अध्यक्षको २० हजार रुपैया, कार्यपालिका सदस्यको १२ हजार रुपैया र सदस्यको ७ हजार रुपैया पारित गरेको छ ।

मासिक तलव ९ भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि बैठकले पारित गरेको छ । त्यस्तै आजको बैठकले प्रदेसभा नियमाबली २०७४ संसोधन स्वीकृत गरेको छ । त्यस्तैगरि प्रदेशसभा सचिबालय सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयकमाथि सैद्धान्तिक र दफावार छलफल भएको थियो ।त्यस्तै कार्यब्यबस्था समितिमा हेरफेर गरिएको छ । अबको अर्काे बैठक जेठ २५ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group