ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यमन्त्री भएको पहिलो दिनमै के भने यादवले ?


एबीसी न्यूज
१९ जेष्ठ २०७५, शनिबार   ८ : ४४   बजे
काठमाडौँ,१९ जेठ । नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्‍याइने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “गुणस्तरीय स्वास्थ्य सेवा जनतामा कसरी पुर्‍याउने त्यो चुनौतीपूर्ण छ, उपलब्ध स्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गरी प्रभावकारी ढंगले लक्ष्य हासिल गर्न सबैको सक्रियता चाहिन्छ,” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा नतिजामुखी परिणाम हासिल गर्न सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसक्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै प्रगति भए पनि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउनु चुनौतीपूर्ण कार्य रहेको भन्दै मन्त्रालयले कुशल नेतृत्व पाएकाले लक्षित कार्यक्रमले साथर्कता पाउने उल्लेख गर्नुभयो । –रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा दुई जना पक्राउ

बिजुलीको महसुल घटाउने सरकारको तयारी, बढी खपत गर्ने उद्योगलाई सहुलियत

 सेयर बजार सुस्ताउँदा सरकारको पुँजीगत लाभकर ७१ प्रतिशतले घट्यो

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu