ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदिपले भने, ‘दुश्मनलाई होइन कि दुश्मनीलाई सिध्याउन पर्छ’


admin
२१ जेष्ठ २०७५, सोमबार   ३ : १८   बजे

काठमाडौ, २१ जेठ । अभिनेता प्रदीप खड्का र निर्माता तथा निर्देशक मिलन चाम्सको केहि समय अघि सम्बन्ध बिग्रिएको थियो । मिडियासँग कुराकानीगर्दै मिलनचाम्सले प्रदीपलाई लगाएको विभिन्न आरोपले पनि यसलाई पुष्टि गर्छ ।

प्रदीपले सिनेमामा अघि बढ्नु छ भने आफ्ना धेरै बानी सुधार्नुपर्ने भन्दै उनले प्रदीपको पोल खोलिदिने समेत बताएका थिए । त्यही रिसमा मिलनले प्रदीपसँग कहिल्यै काम नगर्ने पनि बताएका थिए । तर प्रदीप यस विषयमा चुप रहे ।

तर हालै एक कार्यक्रममा दुवै संगै एकसाथ देखिए । सिनेमा ‘लिलिबिली’ले ५१ दिन मनाएको अवसरमा आइतबार आयोजना गरिएको सो कार्यक्रममा प्रदिप खड्का, निर्माता गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्स एउटै स्टेजमा देखा परेका हुन् । कार्यक्रममा यसको निर्माणपक्षले केक काट्यो ।

स्टेजमा पुग्ने बित्तिकै मिलन र प्रदिपले एकअर्कालाई अंकमाल गरे । उनीहरुले एक अर्कालाई केक पनि खुवाइदिए । कार्यक्रममा प्रदीपले मिलनसँगको सम्बन्धको बारेमा बोल्दै दुश्मनलाई भन्दा पनि दुश्मनीलाई मार्नुपर्ने बताए। उनले भने,‘मेरो बिषयमा समाचार आएपछि मैले मिलन दाइलाई फोन गरेँ र कुरा गरेँ । सबैको आ-आफ्नो सोच हुन्छ, नयाँ कुराका लागि यस्तो सामान्य मतभेद भैहाल्छ ।’

प्रदिपले अगाडि भने,‘सम्बन्ध कहिल्यै पनि मर्दैन । दुश्मनलाई होइन कि दुश्मनीलाई सिध्याउन पर्छ । हाम्रो सोच पनि यही नै हो ।’

यसअघि प्रदीपसँग कहिल्यै काम नगर्ने बताउँदै आएका मिलनले कार्यक्रममा भने प्रदीपलाई सुहाउँदो कथावस्तु मिलेको खण्डमा प्रदीपसँग काम गर्ने बताएका छन् । उता प्रदीपले पनि सिनेमा निर्माणका क्रममा यस्ता घटनाहरु हुने भन्दै दुश्मनी मार्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group