काठमाडौ, २१ जेठ । दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्तलाई मानहानीको आरोप लागेको छ । मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले रजनीकान्तको चलचित्र कालामार्फत मानहानी भएको आरोप लगाएका हुन् ।
पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्मले उनलाई १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन रहेको पत्रकार नाडरले दावी गरेका छन् । साथै फिल्ममा आफ्ना पिताको जीवनीलाई गलत तरिकाले प्रस्तुत गरिन लागिएको पनि आरोप लगाएका छन् ।
नाडरले उनका वकिलका माध्यमबाट मानहानीको आरोप लगाएका छन् ।
रजनीकान्तको फिल्म ‘काला’ उनका ज्वाईँ धनुषले निर्माण गरेका हुन् । यस फिल्ममा हुमा कुरेशी र नाना पाटेकरको भूमिका पनि प्रमूख रहेको छ । फिल्ममा तामिलनाडुबाट भागेर मूम्बई आएको एक जना युवक जो पछि मुम्बईको शक्तिशाली डन बन्छ । उक्त डनको भूमिकामा रजनीकान्त छन् भने भने नाना पाटेकर एक नेताको भूमिकामा छन् । अभिनेत्री हुमा कुरेशी रजनीकान्तको जोडीको भूमिकामा छिन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्