विराटनगर, २६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन् ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीले प्रदेश नं ३ र ५ मा सम्बोधन गरिससकेका छन् । अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने उनको योजना छ ।
संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्