ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जको कारागार कैदीबन्दीका लागि सुधारगृह नभएर यातनागृह


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   १२ : ०१   बजे

वीरगञ्ज, २६ जेठ । यहाँको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ  ।

गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, “नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ । त्यो कैदी पैसावाल छ भने बढी कुटाइ खानुपर्छ”, आफ्नो पीडा पोख्दै मियाँ भन्छन्, “बढी पैसा असुल गरेपछि वासिङ रुमबाट निकालेर अर्को कोठामा राखिन्छ, त्यो नयाँ कोठा कैदीबन्दीका लागि सुधारगृह नभएर यातनागृह जस्तो भएको छ ।”

भाइ चौकीदार विदेशी साहको निगरानीमा रहेको त्यो कोठामा अन्य कोही जान पाउँदैनन् । गणतन्त्र दिवसकै दिन कारागारमुक्त भएका धादिङ भूमिस्थानका भीमबहादुर तामाङ कारागार बसाइको आफ्नो भोगाइ सुनाउँदै भन्छन्, “चौकीदार विदेशी साहको कमाइ खाने अन्य बाटो पनि छ, चौकीदारकै पसलबाट चर्को मूल्यमा सामान किन्नुपर्छ, यदि किनिएन भने कुटाइ खानुपर्ने हुन्छ ।”

यसबारेमा जिज्ञासा राख्दा वीरगञ्ज कारागारका जेलर चक्रपाणि गौतम सो आरोप अस्वीकार गर्दै शुरुशुरुमा कैदीबन्दी आउँदा नङ, कपाल, दाह्रीजुँगा लामोलामो र फोहरी हुने भएकाले वासिङ रुममा लगी सफाइ गर्ने, नुहाइदिने गरी अर्काे कोठामा सारिने बताउनुहुन्छ ।

गणतन्त्र दिवसका अवसरमा सो कारागारबाट २० कैदीबन्दी रिहा भएका थिए । एक हजार ५०० कैदीबन्दी अट्ने क्षमता रहेको सो कारागारमा हाल स्वदेशी महिला ७९, पुरुष ९०० तथा विदेशी महिला २२, विदेशी पुरुष १८० र चार बालबालिका गरी एक हजार १८१ जना कैदीबन्दी छन् ।

आन्तरिक प्रशासन ऐनले कारागार चलाउन कैदीबाटै असल चालचलन भएका कैदीलाई नायक राख्ने व्यवस्था भएअनुरुप साहलाई कैदी नाइकेका रुपमा राखिएको जेलर गौतमको भनाइ छ । कारागारभित्र रहेका कैदीमध्ये ५० प्रतिशत कैदीबन्दी लागुऔषधका अभियुक्त छन् । जीर्ण कारागार भवन, पानी निकासको समस्या, सरसफाइको अभाव, सुरक्षा कमी तथा समुदायबीचमा रहेको कारागारको कारण वरिपरिका बासिन्दालाई समेत समस्या पर्ने गरेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group