काठमाडौं, २६ जेठ । बरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई शनिवार उहाँको जन्मगाउँ पु-याइएको छ । क्यान्सर रोग लागेपछि उपचार गराइरहेका डाक्टर देवकोटालाई उहाँ जन्मिएको गोरखाको बोहोरागाउँ पु-याइएकाे हो ।
पालुङटार नगरपालिका वडा नम्बर ३ मा पर्ने बोहोरागाउँमा आफु जन्मेको घरमा बस्ने र स्थानीय सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेकाले २ वटा हेलिकोप्टर चार्टर गरेर पुर्याइएको उहाँको परिवारले जनाएको छ । उहाँसँगै उहाँकी श्रीमति र ३ छाेरीहरु पनि छन् ।
काठमाडाैंबाट डाक्टर देवकोटा आउने खबर थाहा पाएदेखि नै उहाँलाई हेर्न र भेट्न स्थानीय वासिन्दा, उहाँका विद्यार्थी, उहाँलाई पढाएका शिक्षक लगायत उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्