ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ – प्रधानमन्त्री ओलीे


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ६ : २८   बजे

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ ।

विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनुभएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिनुभयो ।

उहाँले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रुपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने संकल्पका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ । मैले त्यसैगरी, मन्त्रिपरिषद् र कर्मचारीतन्त्रलाई पनि स्वच्छरुपमा काम गर्न निर्देश गरेको छु ।”

हामी जनप्रतिनिधिप्रति जनताको सम्मान र विश्वास रहेको र जनप्रतिनिधिलाई खान पाउन पनि समस्या नरहेको उल्लेख गर्दै उहाँले ६० देखि ८० लाख गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रियताको सम्बन्धमा चर्चा गर्दै उहाँले भन्नुभयो, “मुलुक कहिल्यै पनि उपनिवेश नबनेको, स्वाधीन राष्ट्रका रुपमा रहेको र अब नेपाल उचाइमा पुगेको र सबै देशसँग बराबरीमा रहेर आफ्नो निर्णय आफैँ गर्छ ।”

उहाँले प्रदेशहरुलाई योजनाका लागि बजेटको व्यवस्था संघीय सरकारले ऋण लिएर भए पनि उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

उहाँले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै आधारभूत समझदारी, स्थायित्व, शान्ति, विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

आफ्नो भारत भ्रमणपछि भारतसँग राम्रो सम्बन्ध बनेको, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सम्बन्ध थप राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल–भारतको राम्रो सम्बन्धको विकासका क्रममा विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय हटेको, सिमानामा बाँध बाँधिएका कारण डुबान क्षेत्रको सर्वे, सीमा समस्याका साथै जुलाईको प्रारम्भमा १९५०को सन्धिको अद्यावधिक गर्नका लागि विज्ञहरु काम गरिरहेका छन् ।”

निकट समयमा हुन लागेको आफ्नो चीन भ्रमणका सम्बन्धमा उहाँले नेपालको हितलाई कायम राख्ने विषयमा ढुक्क रहन आग्रह गर्दै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सम्मान गरेको स्पष्ट पार्नुभयो ।

वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माणका लागि सर्वे शुरु भइसकेको, एक वर्षमा सर्वे पूरा भएपछि पाँच वर्षमा रेल सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्दै उहाँले केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा रेलमार्गको निर्माणका साथै तीन वर्षमा मोनोरेल काठमाडौँमा चल्ने जानकारी गराउनुभयो ।

कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने विषयमा प्रधानमन्त्री ओलीले अनेक नदीलाई मिलाउने, डाइभर्सन निर्माण गर्ने, आधुनिक प्रविधिद्वारा सिँचाइ र सुनकोशी–कमला नदीमा डाइभर्सनबाट प्रदेश नं २मा पनि सिँचाइको सुविधा उपलब्ध गराउने जानकारी गराउनुभयो ।

जनतालाई आतङ्कित पार्नेहरुलाई सचेत गराउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिंसाको कुरा गर्ने, चन्दा, असुली र कानून नमान्नेहरुलाई त्यस्ता हिंसालगायतका कार्यमा नलाग्न, देशको सार्वभौम अखण्डतालाई नमान्ने यस्ता प्रवृत्ति त्याग्न आग्रह गर्दै नत्र कानूनबमोजिम कारवाही हुनेछ ।”

प्रदेशलाई सवल बनाउन खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्दै प्रधानमन्त्री ओलीले प्रदेशको मुहार फेर्ने प्रदेशसभाको काँधमा रहेकाले अब ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउन लाग्न आह्वान गर्नुभयो ।

प्रदेश नं १ सर्वाधिक सुन्दर र सर्वाधिक समृद्ध रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भौगोलिक विधिवताका रुपमा संसारको उच्च शिखर सगरमाथाका साथै समुद्री सतहदेखि ७८ फिटमात्र उचाइमा अवस्थित केचनाकवलका साथै कृषि, जडीबुटी, ऊर्जालगायत विकासका आधारहरु रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group