ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम गर्ने कर्मचारीहरुलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको छ– मन्त्री पण्डित


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ७ : १०   बजे

बुटवल, २७  जेठ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा शनिवार  बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताउनुभयो ।

राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गर्नुभयो । प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तक्र्रियामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।

उहाँले कुनै पनि कर्मचारीले अप्ठ्यारो नमान्ने गरी सबै कुराको व्यवस्थापन मिलाउन लागेको भन्दै कुनै पनि बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री पण्डितले सरकारले नयाँखालको मर्यादाक्रम बनाउन लागेको समेत बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा शंकर पाठक, सचिव दीपेन्द्र काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न जरुरी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu