ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिरता, विकास र सुशासन एक अर्काका परिपूरक– अध्यक्ष दाहाल


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ६ : ५८   बजे

काठमाडौँ, २७ जेठ ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले स्थिरता, विकास र सुशासन एक अर्काका परिपूरक भएको बताउनुभएको छ ।

रातोपाटी डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारको प्रमुख कार्यभार पनि स्थिरता, विकास र सुशासन नै हो । नेपाली जनताको चाहना पनि यही हो । यस कार्यमा कम्तिमा सरकार र प्रतिपक्षको पनि समान धारणाका साथ अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ ।”

जनयुद्ध, जनआन्दोलन एवं नेपालमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक अधिकार प्राप्त भइसकेको भन्दै आगामी दिनको प्रमुख कार्यभारसमेत सोही दिशामा केन्द्रित रहेको बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै अब सबैको ध्यान आर्थिक विकास र समृद्धिमा नै केन्द्रित रहेको उहाँको भनाइ थियो ।

आगामी १० वर्षलाई समृद्धिको दशक बनाउने लक्ष्यका साथ सरकार लागिपरेको र नेपाली जनतालाई आर्थिकरुपमा समृद्ध बनाएर जनचाहनालाई सम्बोधन गर्नैपर्ने उल्लेख गर्नुभयो ।

नेपालले हाल प्राप्त गरेको अवसर गुम्न दिन नहुने भन्दै यसलाई सत्तापक्ष र प्रतिपक्ष नभनी मुलुक निर्माणका लागि अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सरकार र आफ्नो पार्टी अग्रसर हुने भन्दै आगामी दिनमा सबै वर्ग, क्षेत्रलाई साथै लिएर लैजाने प्रतिबद्धतासमेत जनाउनुभयो ।

नेपालमा नै रोजगारीको अवसर प्रदान गरेर विदेशिएका लाखौँ युवालाई स्वदेश फर्काउने, सीपमूलक शिक्षाको प्रबन्ध गर्नेतर्फ आफूहरु लागिपरेको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । निजी क्षेत्रलाई समेत साथमा लिएर आन्तरिक तथा बाह्य सबै स्रोत परिचालन गरेर राष्ट्रिय विकासका लागि आफूहरु प्रतिबद्ध भएर लागेको उहाँको कथन थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले राष्ट्रिय अर्थतन्त्रको आधार तयार पार्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको उल्लेख गर्नुभयो । “बजेटको विरोध गर्नुको कुनै तुक नभएको भन्दै उहाँले तत्कालका लागि फाइदा हुनेभन्दा पनि दीर्घकालीन सोचका साथ बजेट ल्याइएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “बजेट अहिले पहिलो गियरमा छ । क्रमशः हामी गियर बढाउँदै जान्छाँै र यसले उडान भर्छ ।”

सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेलले विकास र समृद्धिको पूर्वशर्तका रुपमा रहेको राजनीतिक स्थिरता प्राप्त भएकाले सरकारले सोही आधारमा काम गरिरहेको स्पष्ट पार्नुभयो ।

सरकारले बजेट सुनाउनका लागि राम्रो नबनाएको भन्दै उहाँले यथार्थको धरातलमा निर्माण गरिएको र यसले आर्थिक समृद्धिको जग बसाउने उल्लेख गर्नुभयो ।

देशको श्रम शक्तिलाई आर्थिक विकासमा लगाउने लक्ष्यका साथ आफूहरुले नीति, योजना कार्यक्रम तयार पारेको उहाँको भनाइ थियो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी क्षेत्रसँग सहकार्य र सहयोगात्मक तवरले आफूहरु क्रियाशील हुन चाहेको बताउनुभयो ।

“निजी क्षेत्रका बीचमा पनि सहकार्यको संस्कृतिको विकास हुनु जरुरी छ । त्यो सरकारसँग मात्रै नभई उहाँहरुबीचमा पनि सहकार्य आवश्यक छ । त्यसो भएमात्रै मुलुकले प्रगतिको लक्ष्य पहिल्याउन सक्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

नेपाली जनताले जडताभित्रको स्थिरता खोजेको नभई लोकतन्त्रसहितको स्थिरता खोजेको त्यसको पक्षमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले निर्देशनमात्रै दिने परिपाटीले देशले खोजेको विकास र समृद्धिको लक्ष्य पूरा नहुने बताउनुभयो ।

उहाँले सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरेर जानुपर्नेमा जोड दिँदै यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने प्रवृत्तिले कुनै पनि क्षेत्रमा काम नहुने सुझाव दिनुभयो ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न आफूहरु सहयोगी बन्ने धारणा राख्नुभयो । उहाँले समृद्धिको मानक कुन विषयलाई बनाउने भन्नेमा पहिले सरकार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धि संस्कृति भएकाले त्यसैमा सुधार गर्नुपर्ने बताउनुभयो । पूँजीवाद र साम्यवादको पिँजडामा कैदी बनेर विकास र समृद्धिको युग नआउने भन्दै उहाँले नेपालको सापेक्षतामा विकासको ढाँचा तयार पार्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तः शर्मा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालगायतले आर्थिक समृद्धिका लागि सरकारसँग मिलेर काम गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group