काठमाडौं, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई आज सोमबार काठमाडौं ल्याईदै छ ।
उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको छ।
तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने छ’, प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्