ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ क्वीन्टल सुन तस्करी प्रकरण : प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार, अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा


एबीसी न्यूज
२८ जेष्ठ २०७५, सोमबार   १२ : ५९   बजे

काठमाडौं, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अब अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । पक्राउ परेका प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार काठमाडौं ल्याइसकेको छ ।

उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाए वापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्छ ।

प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu