ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद


एबीसी न्यूज
२८ जेष्ठ २०७५, सोमबार   ८ : ३४   बजे

काठमाडौं, २८ जेठ । १२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतले सोमबार मोरङ, बाहुनीका विश्वराम रनपहेँलीलाई बलात्कार र हत्या दुबैमा दोषी ठहर गरेको हो । न्यायाधीश राजेन्द्र नेपालको इजलासले जबरजस्ती करणी र हत्यामा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको हो । त्यस्तै पीडित परिवारलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।स्वयम्भूमा डेरा गरी बस्ने सन्तोषीकी छोरी अमृताको ०७३ जेठ ५ गते बलात्कारपछि हत्या भएको थियो ।

पीडितको पक्षबाट अधिवक्ताद्वय टिकाप्रसाद शर्मा कँडेल र  स्वागत नेपालले बहस गरेका थिए ।

१३ महिनापछि शव उठाउने तयारी

यसरी भएको थियो घटना सन्तोषी ज्याला मजदुरी गर्छिन् ०७३ जेठ ५  मा उनी अरु दिन जस्तै छोरा र छोरीलाई कोठामा छाडेर उनी काममा गएकी थिइन् । त्यो दिन स्कुलमा अतिरिक्त क्रियाकलापका लागि चाहिने ड्रेस नभएका कारण अमृता स्कुल गएकी थिइनन् ।

भाइ स्कुलबाट फर्किदा अमृतालाई कोठामा अचेत अवस्थामा देखेपछि आमालाई बोलाउन पुगेका थिए । सन्तोषीका अनुसार उनी कोठामा आउँदा छोरीलाई हातखुट्टा खुम्चिएको र झ्यालमा सलको पासो अड्किएको अवस्थामा भेटेकी थिइन् ।

प्रहरी आएर मुचुल्का र पोर्टमार्टम गर्ने क्रममा बालिकाको यौनांगमा चोट र घाँटीमा समेत चिथोरिएको देखियो । उनले विगतदेखि नै शंकास्पद गतिविधि गरेका छिमेकी विश्वरामविरुद्ध किटानी जाहेरी दिएकी थिइन् तर, सुरुमा प्रहरीले जाहेरी नै लिन मानेन ।

त्यसपछि सन्तोषीले छोरीको हत्यारालाई सजाय नदिलाएसम्म छोरीको शव नै नउठाउने अठोट लिइन् । सोमबार अदालतले विश्वरामलाई दोषी ठहर गर्दै सजाय सुनाएपछि सन्तोषीले न्याय पाएको प्रतिक्रिया दिइन् ।

तर, अस्पतालमा तिर्नुपर्ने रकमको अभावमा छोरीको अन्त्येष्टि कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘न्याय त पाएँ । तर, हस्पिटलले महिनाको १५ हजार लाग्ने भनेको थियो । त्यसो चाहिँ कसरी ल्याउने चिन्ताले सताउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu