ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच पहिलो चरणको ऐतिहासिक भेटवार्ता सम्पन्न


एबीसी न्यूज
२९ जेष्ठ २०७५, मंगलबार   ८ : ११   बजे

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब ५० मिनेट सम्म चलेको थियो । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ ।
भेटवार्ता पछि वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले भने कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुने संकेत देखिएको छ ।

उनले भनेका छन्, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’

वार्तामा बस्नुअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गरेका छौं । यो सफल होस् ।’

यसैगरी किमले भने, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं ।’
ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’
यस कारण छ विश्वको नजर
जनवरी २०१८ मा नयाँ सुरुआत भयो । उत्तर कोरियाली शान्तिको पहल थाल्यो । मार्च महिनामा दक्षिण कोरियाले आफ्नो सुरक्षा सल्लाहकार र एक अधिकारीलाई उत्तर कोरिया पठायो । त्यसपछि दुवै अधिकारी ट्रम्पसँग वार्ताको प्रस्ताव लिएर अमेरिका गए । ट्रम्प सहमत पनि भए । तर, बीचमा फेरि खटपट सुरु भयो । अवस्था यस्तो भयो कि ट्रम्पले वार्ता नै रद्द गरेको घोषणा गरे ।

तर, उत्तर कोरियाले फेरि वार्ताको पहल थाल्यो र अहिले विश्वकै सुन्दर र सुरक्षित शहर सिंगापुरमा दुवै नेताहरु पहिलो चरणको भेटवार्तामा सकेका छन्।

यो भेटवार्ताबाट उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ ताकि उत्तर कोरियामा लगाइएका प्रतिवन्ध हटाएर र आर्थिक अवस्थामा सुधार ल्याउन सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu