ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प–किमबीच चार बुँदे बृहत् सम्झौता, के लेखिएको छ (घोषणापत्रसहित )


एबीसी न्यूज
२९ जेष्ठ २०७५, मंगलबार   १ : ५५   बजे

काठमाडौं, २९ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच मंगलबार सिंगापुरमा ऐतिहासिक शिखरवार्ता सम्पन्न भयो । सो क्रममा दुवै नेताले संयुक्त रुपमा एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरेका छन् भने त्यसको बदलामा किमले आणाविक निशस्त्रीकरणको प्रतिबद्धता गरेका छन् । ‘अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उनले विस्तृत, गहिरो र व्यापक छलफल गर्नुभयो,’ सम्झौतामा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको वाचा गर्नुभएको छ भने अध्यक्ष किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ ।’

किमले यो सम्झौतामा अप्रिल २७ को पान्मुन्जोम घोषणापत्रकै प्रतिबद्धता दोहोर्‍याएका छन् ।

केही महिनाअघि मात्र एकअर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका किम र ट्रम्प दुवैले आगामी दिनमा संवादलाई निरन्तरता दिने बताउँदै यो शिखरवार्ता सफल र ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।

‘संसारले एउटा मुख्य परिवर्तन देख्नेछ,’ हस्ताक्षरपछि किमले भनेका थिए ।

हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले फोटो खिच्नकालागि देखाइएको सम्झौतापत्रमा स्पष्ट रूपमा चार वटा बुँदा देखाइएको छ ।

यस्ता छन् सम्झौताका बुँदाः

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने ।

३.गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने । पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने ।

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu