ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   ६ : ३६   बजे

काठमाडौं, ३१ जेठ ।  घटना गत सोमबार (२८ जेठ) को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा.१४प २१३१ नम्बरको गाडी थियो  ।कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू ।’

हरिहरभवनको ट्राफिक तयारी अवस्थामा बस्यो । नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्‍यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहरभवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्‍यै भए ।

हरिहरभवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो ।

थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो । उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा.१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भएपनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए ।

थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड ?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे । चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह ।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भयो । जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए । गाडीमा उनी एक्लै थिए ।

नम्बर प्लेट पुछेर पारस गाडीमा बसे । ट्राफिक प्रहरी वाकिटकीमा उपल्लो निकायमा कुरा गर्न थाले । एकैछिनमा पारस फेरि गाडीबाट झरेर ट्राफिककहाँ पुगे र आफ्ना ‘डकुमेन्ट’ फिर्ता मागे । ट्राफिकले जवाफ दिए, ‘एकछिन समय लाग्छ ।’ त्यसपछि उनी गाडीमै गएर बसे । एक मिनेटमै फेरि गाडीबाट ओर्लिए र ट्राफिकसँग उही अनुरोध दोहर्‍याए । ट्राफिक प्रहरीले पनि अघिल्लै जवाफ दियो, ‘समय लाग्छ ।’

त्यतिवेलासम्म पारस निकै आक्रोशित भइसकेका थिए । रिसाएर उनी कड्किए, ‘तैले मलाई चिन्नुपर्छ ।’ यति बोलेपछि पारस लाइसेन्स र ब्लुबुक छाडेर गाडीभित्र पसे र माइतीघरतर्फ हुइँकिए ।

पारसका अंगरक्षक थापाथली प्रहरीमा
लाइसेन्स र ब्लुबुक ट्राफिकलाई छाडेर पारस हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालयमा आए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो । रसिदमा चालक/धनीको नाम ‘पारस वि.वि. शाह’ उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स फिर्ता ल्याए ।

गल्ती गर्ने सबैलाई कारबाही हुन्छ : 

वसन्त पन्त एसएसपी, महानगरीय ट्राफिक प्रहरी महाशाखा

हो, हामीले पारस शाहको गाडीलाई समात्यौँ र कारबाही गर्‍यौँ । ट्राफिक नियम मिचेर गाडी चलाएकाले नियमअनुसार पाँच सय जरिवाना गर्‍यौँ । गाडीले लेनचाहिँ मिचेको थिएन । लेन मिचेको भए अर्कै कारबाही हुन्थ्यो।

घटना भएपछि ‘लाइसेन्स र ब्लुबुक लिन अरू व्यक्तिलाई पठाउँदा हुन्छ कि हुँदैन’ भनेर सोधियो । हामीले ‘सकेसम्म सम्बन्धित व्यक्ति, नभए अंगरक्षक आउनुपर्छ’ भन्यौँ । अहिले ट्राफिक नियम निकै सुध्रिएको छ, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ । नयाँपत्रीका बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Premier Li Qiang Meets With Jordan’s King Abdullah II

China’s Top Political Advisor Meets With U.S. Delegates

US Sanctions Intensify Pressure on Iran, Ripple Through Global Markets

United States Removes Syria From State Sponsor Of Terrorism List

China and Jordan Pledge Deeper Strategic Partnership

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu