ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   ८ : ४६   बजे

म्याग्दी, ३१ जेठ ।  सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् ।

कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् ।

उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको एकाइका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

धौलागिरि गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाले जेठ ७ गते खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गरेका थिए ।

आव २०७२–७३ मा शुरु भएको रु १९ लाख ५० हजार विनियोजित तीनकोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा रु २० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

यसैगरी, २०७४/७५ मा रु ३१ लाख ५० हजार बजेटको तीनकोठे ट्रस भवन योजना पारिदिने भनेर रु दुई लाख ५० हजार माग गरेका खनालले प्राविधिक उप्रेतीमार्फत पहिलो किस्ता पेश्की निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी रु ५० हजार लिएको आरोप लागेको छ ।

पुरानो योजनाको फरफारकका क्रममा थप रु ६३ हजार माग गरेका थिए । उनीहरुले मागेअनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनि पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ ।

शिक्षामा परेको उजुरी र आरोपित कर्मचारीले पेश गरेको स्पष्टीकरणसहित थप छानबिनका लागि अख्तियारमा पठाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । आरोपित इञ्जिनियर र प्राविधिकले भवन निर्माण समितिले सम्झौता र नक्साअनुसारको काम नगरेको पाइएपछि पुनः नक्सा बनाउँदा परामर्शदाता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाइएको दाबी गर्दै आएका छन् ।

उजुरी परेपछि उनीहरुले घुस लिएको रकम फिर्ता गरेर उजुरी फिर्ता लिन दबाब दिँदै आएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group