काठमाडौं, ३१ जेठ । काठमाडौंको ठमेलबाट पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काभ्रेको झैटी देउराली–८ घर भई हाल सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङको ज्वालामुखी–३ घर भएका २९ वर्षीय कमल गुरुङलाई १ पेस्तोल र १ खुकुरीसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
राधे समूहको गुण्डा रहेका थापाले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने बताएको प्रहरीले जनाएको छ । देवकुमार थापाको समूहमा रहेर गुण्डागर्दी गर्ने गुरुङले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बताएको प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार दुबै जनाले केही दिनदेखि ठमेलको ज्याठा क्षेत्रका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाएर कम असुल्दै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्