ताप्लेजुङ, १ असार । गएराति ताप्लेजुङमा विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।
हाङ्देवास्थित जनता माविमा विश्वकप हेर्न बनाईएको हलमा पुगेर खेल हेरि सकेपछि सदरमुकामतर्फ फर्कदै गर्दा लप्सेखोलामा आएको बाढिले बगाउदा अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।
मोटरसाईकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीसँगै मोटरसाईकलको पछाडी सवार खड्क विक भने हामफालेर बाँच्न सफल भएका थिए ।
मोटरसाईकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम बेपत्ता रहेको बताईएको छ । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता राई ईलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाईकल वर्कसपमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्