काठमाडौं, १ असार । तत्कालीन मुख्यसचिव डा.सोमलाल सुवेदीको एशियाली विकास बैंक (एडिबी) को वैकल्पिक निर्देशकलाई सरकारले फिर्ता बोलाउने भएको छ ।
शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला मुख्यसचिव पदबाट राजीनामा दिएर एडिबीको वैकल्पिक निर्देशक बन्न पुगेका डा.सुवेदीलाई नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । । डा. सुवेदीले आफूलाई घटुवा गरेर त्यसै बेला सहसचिवस्तरमा पुर्याएका थिए ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. सुवेदीलाई फिर्ता बोलाएर त्यो पदमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । मुख्यसचिव भएका डा.सुवेदीलाई सहसचिवस्तरको जागिर खान एडिबीमा नजान धेरैले सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्