झापा,४ असार । हावाहुरीका कारण झापामा विद्युतिय सेवा अवरुद्ध भएको छ । वर्षसगै आएको हावाहुरीले पाचदिन देखि झापाका तीन स्थानिय तहमा विद्युतिय सेवा अवरुद्ध भउको हो ।
वर्षा र हावाहुरीले पोल भत्किएर तार चुडिएपछि विद्युत् प्रसारणमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार शाहले जानकारी दिएका छन ।
जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए । शनिबार राति चट्याङसँगै परेको पानीले बिर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सवस्टेशनतर्फ जोड्ने ३३ केभी प्रसारण लाइनमा समस्या आएको थियो ।
प्रमुख शाहले हल्दीबारीको जलथल क्षेत्रमा बढी समस्या देखिएको छ, पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध हुन दिएका नदिएको र आफ्नो क्षेत्रमा विद्युतमा समस्या आए तुरुन्तै कार्यालयमा जानकारी गराउन समेत उनले उपभोक्तालाई आग्रह गरेका छन् ।
सकेसम्म छिटो मर्मत गरेर विद्युत् आपूर्ति गर्न प्रयास भइरहेको कार्यालयले जनाएको छ। हावाहुरीका कारण भद्रपुर सवस्टेशन अन्तर्गतको क्षेत्रमा नौ वटा पोल भाँचिएको र एउटा २५ केभीएको ट्रान्समिटर जलेको छ। जसबाट चार लाख बराबरको क्षति भएको प्रमुख साहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्