बुधबार राति टोरन्टोमा भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउँदै सन्दिपको टिम मोन्ट्रेलले पहिलो जित निकालेको छ।
लगातार तीन खेलमा हार व्यहोरेको मोन्ट्रेल चौथो खेलमा जित निकाल्दै लिगको चौथो स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो।
मोन्ट्रेलको लागि मोइसेस हेन्रिक़ुएसले ५० रनको अर्धशतकीय पारी खेले। यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे। एडमोन्टोनका वायन प्रनीलले ३ विकेट लिएका थिए।
मोन्ट्रेलले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटीङ गरेको एडमोन्टोन १९.१ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटियो।
उसका लागि लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन जोडे ।
एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रेलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिदा लाथिस मालिंगा र केवोन कोपरले समान २-२ विकेट लिए ।
मोन्ट्रेलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे। सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए। सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए। जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट र दोस्रो मेडन हो।
यसअईघि सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिएका थिए। पहिलो डेब्यु खेलमा सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्