ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा


एबीसी न्यूज
२२ असार २०७५, शुक्रबार   ११ : ३८   बजे

नुवाकोट, २२ असार । यहाँको बेलकोटगढी नगरपालिकालाई बिहीबार खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ ।

बेलकोटगढीको घोषणाले जिल्लाका सबै स्थानीयतह खुला दिशामुक्त र १२ मध्ये सात स्थानीयतह पूर्ण खोपयुक्त घोषणा भएका छन् ।

बेलकोटगढी नपाको केन्द्र बाघखोरमा आयोजित कार्यक्रममा नगरभित्रका नौ हजार ८३ परिवारमध्ये सबैको घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले खुल्ला दिसामुक्त क्षेत्र भएको घोषणा गरे ।

स्वास्थ्य कार्यालयको तथ्यांकको आधारमा नगरमा रहेका सबै बालबालिका तोकिएको खोपको पहुँचमा रहेको प्रतिवेदनअनुसार पूर्णखोपयुक्त भएको घोषणा गरिएको हो ।

प्रतिनिधिसभा सदस्य खतिवडाले नगरवासी सभ्य समुदायतर्फ उन्मुख भएको सन्देश घोषणा कार्यक्रमले दिएकाले आगामी दिनमा विकासका थप गतिविधितर्फ लाग्न सुझाव दिए ।
नगरका प्रमुख राजेन्द्ररमण खनालले विनाशकारी भूकम्पका कारण निजी आवासमा पु¥याएको क्षतिले त्यसको पुनःनिर्माण जारी रहँदा घोषणा कार्यक्रम केही ढिलाइ भएको बताए ।

खनालका अनुसार सबैका घरमा पक्की शौचालय निर्माण भएकाले अब ‘एक घर, एक धारा’ सार्वजनिक शौचालय, ढलनालीको उचित व्यवस्थापन तथा फोहरको सुरक्षित स्थानमा विसर्जनका कार्यक्रम अवलम्बन गर्न लागिएको छ ।

बेलकोटगढीसँगै जिल्लाका सबै स्थानीयतह खुला दिशामुक्त क्षेत्र घोषणा भएकाले यो महिनाभित्रै सिंगो जिल्ला घोषणा गर्ने तयारीमा लागेको जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् जिसस प्रमुख सन्तमान तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu