ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत : सात दशक राजनीतिक अस्थिरतामै बित्यो


admin
३ भदौ २०७४, शनिबार   १२ : ४५   बजे

काठमाडौं ।  आज भन्दा ७० वर्ष अघिसम्म भारत ब्रिटिस साम्राज्यको उपनीवेश थियो । सन १९४७ अगष्ट १५ मा ब्रिटिसले छोडेपछि मात्र भारत स्वतन्त्र भयो । त्यही समयदेखी भारतले अगष्ट १५ लाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ । स्वतन्त्र भारतका सात दशक वितिसके ।

स्वतन्त्रतापछि भारतले आर्थिक विकासको पक्षमा ठूलै प्रगति हासिल गरिसकेको छ । तर, भारतमा राजनीतिक अस्थिरता सधैका लागि समस्याको विषय बनेको छ । ब्रिटिसले एउटा छुट्टै देश पाकिस्तान बनाएपछि मात्र भारत छोड्यो । यस अर्थमा भारत स्वतन्त्र भएदेखी नै अस्थिरताको भूमरीमा छ । भारतलाई सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा व्याख्या गरिन्छ । तर, स्वतन्त्र भएको सात दशकमा पनि भारतमा पूर्ण लोकतन्त्र वहाली भएको छैन ।

भारत ब्रिटिस साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भएको सात दशक वितिसक्यो । सन १९४७ मा ब्रिटिसले भारत छोडेको थियो । अर्थात्, ब्रिटिसले भारत छोडेको ७ दशक भइसकेको छ । भारत स्वतन्त्र भएपछिको यो अवधिमा भारतमा धेरै उथलपुथल भएका छन् । आर्थिक पक्षमा राम्रै प्रगति गरेको भारत सबैभन्दा बढी राजनीतिक संक्रमणबाट गुज्रियो ।

यो अवधिमा भारतमा धेरै राजनीतिक उथलपुथल भएका छन् । भारतको राजनीतिक घटनाक्रम डरलाग्दा छन् । प्रधानमन्त्रीको समेत हत्या भएको भारत लोकतन्त्रको सबैभन्दा ठूलो देशको रुपमा स्थापित छ । तर, राजनीतिक अस्थिरताकै कारण भारतमा लोकतन्त्र पूर्ण रुपमा स्थापित हुन नसकेको भनेर आलोचना हुने गरेको छ ।

भारतमा आधा मात्र लोकतन्त्र
भारतलाई संसारकै ‘ठूलो लोकतन्त्र’ भनेर व्याख्या गरिन्छ । भारत आफैले पनि यो दावी गर्छ । तर, भारतीय चर्चित इतिहासकार तथा लेखक रामचन्द्र गुहा भने भारतमा आधा मात्र लोकतन्त्र वहाली रहेको बताउँछन् । इतिहासकार गुहाले केही समय अगाडी भारतको ७०औं स्वतन्त्रता दिवसलाई लक्षित गरेर ‘द टेलिग्राफ’ पत्रिकामा भारतीय लोकतन्त्रबारे लेखेका छन् ।

इतिहासकार गुहाले विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतलाई फिप्टी–फप्टी डेमोक्रेसीको संत्रा दिएका छन् । इतिहासकार गुहाले एक दशकको अवधिलाई आधार मानेर भनेका छन् : भारतमा १० वर्ष अघि पनि आधा मात्रै लोकतन्त्र थियो, अहिले पनि आधा मात्रै छ । भारतमा स्वतन्त्र रुपमा निर्वाचन भइरहेपनि सार्वजनिक संस्थाहरूमा लोकतान्त्रिक शैली छैन । अदालत, निजामती सेवा, प्रहरी, विद्यालय, अस्पताल र संसद समेत भ्रष्टाचारमा लिप्त छन् । यस अर्थमा भारतमा आधा लोकतन्त्र मात्र छ ।

भ्रष्ट मानसिकताले आधा लोकतन्त्र
आधा लोकतन्त्र देखिनुको कारण भ्रष्ट मानसिकता हो भन्ने गुहाको ठम्याइ छ । इतिहासकार गुहा लेख्छन् : भारत एउटा ठूलो, अत्यधिक जनसंख्या र विविधता भएको देश हो । बितेको दशकमा भारतीयमा लोकतन्त्र कमजोर भएको छ । चुनावहरू स्वतन्त्र र निष्पक्ष नै छन, तर चुनाव र त्यसमा भाग लिनेहरूको खर्च अत्यधिक बढेको छ । धेरै पैसा हुने उम्मेदवार र पार्टीले सहजै चुनाव जित्ने अवस्था बनेको छ । ठूलो संख्यामा सांसद र प्रदेश सभा सदस्यहरू आपराधिक पृष्ठभूमिका छन । …यतिसम्मकि राजनीतिक हस्तक्षेप भारतीय रिजर्व बैंकसम्म पुगिसकेको छ । अदालतहरूमा अत्यधिक बोझ छ, न्यायाधीशहरू सनसनीतर्फ झुकाव राख्छन । आयकर विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले समेत सत्तारूढ दलहरूको साधनको रूपमा सेवा गर्छन् ।

अधिनायकवादी राजनीति
विश्वको ठूलो लोकतन्त्र देशको लोकतान्त्रिक व्यवहारमै प्रश्न उठ्ने गरेको छ । भारतले आफुलाई सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा दावी गरे पनि त्यो परिस्थिति छैन । भारतको राजनीति परिवार र व्यक्ति केन्द्रीत छ । इतिहासकार रामचन्द्र गुहा लेख्छन् : राजनीतिक वर्गमा झाँगिइरहेको अधिनायकवादी प्रवृत्तिले भारतको लोकतन्त्र थप कमजोर बनिरहेको छ । कांग्रेस लामो समयदेखि एउटा परिवारबाट सञ्चालित छ । त्रिणमूल कांग्रेस, बिजेपी, जनता दललगायत केही अरु क्षेत्रीय पार्टी एक व्यक्तिबाट सञ्चालित छन ।

भारतका मुख्य राष्ट्रिय पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बनिरहेको छ । सन १९७० मा इन्दिरा गान्धी र सञ्जय गान्धीले जसरी भारतीय कांग्रेस पार्टीलाई नियन्त्रणमा राखेका थिए, त्यसैगरी अहिले भारतीय जनता पार्टीमा नरेन्द्र मोदी र अमित शाहले नियन्त्रण गरिराखेका छन् । इन्दिरा र सञ्जयले विगतमा स्वतन्त्र मुख्यमन्त्रीलाई जसरी कमजोर पारेका थिए, त्यस्तै मोदी र शाहले ‘उच्चस्तरको कमान्ड’ संस्कृति निर्माण गरिरहेका छन । त्यसले भारतीय लोकतन्त्र कमजोर बनाएको छ ।

भारतमा विभेद अझै बाँकी
भारत स्वतन्त्रतासँगै भारतीय राजनीतिमा अनपेक्षित परिवर्तन आए । तर, सबै भारतीय नागरिकले त्यो परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । भारतीय इतिहासकार रामचन्द्र गुहाकै आलेखलाई आधार मान्ने हो भने भारतमा चरम विभेद छ । उनी लेख्छन् : सामाजिक विभेद हटाउन भारतीय संविधानले छुवाछूतको अन्त्य र पुरुषसरह महिलाको समान अधिकारको वकालत गरेको छ । तर, संविधान लागू भएको साढे ६ दशक बितिसक्दा पनि जातीय र लंैगिक समानताको प्रगति धीमा र थकित अवस्थामा छ ।

भारतमा ‘उच–नीच‘को विभेद गर्ने समाज बाँकी छ । भारतको लोकतन्त्र अमानवीय अभ्यासहरूका कारण विचित्रको भएको छ । दलित र महिला अझै शोषणमा छन् । मुस्लिम र आदिवासीहरू पछिल्लो दशकमा झनै असुरक्षित छन । कट्टर हिन्दुत्वको उग्रताले धार्मिक रूपमा अल्संख्यक मुस्लिमहरूले भारतमा असुरक्षा महसुस गरिरहेका छन । आदिवासीहरूको राजनीतिमा कम प्रतिनिधित्व छ ।

मुस्लिमको भन्दा बढी आर्थिक दुरवस्था छ । बितेको दशकमा राजनीतिक लोकतन्त्रको गुणस्तर घटेको छ । भारत सन् २००७ मा जहाँ थियो, अहिले पनि त्यही छ । यी आधारमा भारतीय इतिहासकार रामचन्द्र गुहाले निष्कर्श निकालेका छन्– त्यसैले भारतलाई फिप्टी–फिप्टी डेमोक्रेसी भन्नुपर्छ ।

स्वतन्त्रतापछि को–को प्रधानमन्त्री भए ?
ब्रिटिसले भारत छोडेपछि पहिलो पटक भारतमा जवाहरलाल नेहरु प्रधानमन्त्री भए । भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट प्रधानमन्त्री भएका नेहरुले १९४७ देखी १९६४ सालसम्म १६ वर्ष भारतको साशन सम्हाले । नेहरु पछि भारतीय राष्ट्रिय कांग्रेसकै तर्फबाट लालबहादुर शास्त्रीले १९६४ देखी १९६६ सम्म झण्डै दुई वर्ष प्रधानमन्त्रीको रुपमा भारतको नेतृत्व गरे । त्यसपछि भारतमा गान्धी परिवारको राज सुरु भयो ।

भारतीय राष्ट्रिय कांग्रेसकै तर्फबाट इन्दीरा गान्धीले सन १९६६ देखी १९७७ सम्म ११ वर्ष प्रधानमन्त्रीको रुपमा भारतलाई नेतृत्व गरिन । ११ वर्षको अवधिमा इन्दिरा गान्धी दुई पटक प्रधानमन्त्री भएकी थिइन । इन्दीरा गान्धीपछि भने भारतीय सत्ताको पावर केही समयका लागि जनता पार्टीमा सर्‍यो । जनता पार्टीको तार्फबाट मोरारजी देशाइ १९७७ देखी १९७९ सम्म २ वर्ष प्रधानमन्त्री भए । देशाईपछि पनि जनता पार्टीकै तर्फबाट चरण सिंह थोरै समयका लागि प्रधानमन्त्री भए । उनले प्रधानमन्त्रीको रुपमा १ सय ७० दिन मात्र काम गरे । जनता पार्टीको सत्ता लामो समयसम्म टिक्न सकेन । फेरी इन्दिरा गान्धी ४ वर्षका लागि प्रधानमन्त्री भइन । इन्दिरा गान्धीले तेस्रो पटक प्रधानमन्त्री हुँदा सन १९८० देखी १९८४ सम्म ४ वर्ष काम गरिन ।

इन्रिापछि भारतीय राष्ट्रिय कांग्रेसकै राजीव गान्धी प्रधानमन्त्री भए । सन १९८४ मा प्रधानमन्त्री भएका राजीवले १९८९ सम्म पाँच वर्ष प्रधानमन्त्रीका रुपमा काम गरे । इन्दिरापछि लगतै राजीव प्रधनमन्त्री भए पनि गान्धी परिवारको सत्ता नेतृत्व केही वर्षका लागि रोकियो । राजीव पछि जनता दलका भीपी सिंहले १९८९ देखी १९९० सम्म झण्डै एक वर्ष प्रधानमन्त्रीको रुपमा भारतको नेतृत्व गरे । भीपी सिंह पछि भने समाजवादी जनता पार्टीले सत्ता लियो ।

समाजवादी जनता पार्टीका चन्द्र शेखर प्रधानमन्त्री भए । उनले १९९० देखी १९९१ सम्म एक वर्ष भारतको नेतृत्व गरे । राजीव गान्धीको पालपछि सत्ता बाहिर रहेको भारतीय राष्ट्रिय कांग्रेस फेरी सत्ता उक्लियो । १९९१ मा कांग्रेसबाट प्रधानमन्त्री भएका पीभी नरसिंह रायले १९९६ सम्म ४ वर्षभन्दा बढी भारतको सत्ता सम्हाले । तर, फेरी पनि भारीतय कांग्रेसको सत्ता निरन्तरता भारतीय जनता पार्टीले खोस्यो । भारतीय जनता पार्टीबाट पहिलो पटक अटल बिहारी सन् १९९६ मा प्रधानमन्त्री भए । तर, उनी १६ दिन मात्र प्रधानमन्त्रीका रुपमा रहे । त्यसपछि भने फेरी जनता दल सत्तामा आयो । एचडी देव गोवडा प्रधानमन्त्री भए । उनले १९९६ देखी १९९७ सम्म पुगनपुग एक वर्ष प्रधानमन्त्रीको रुपमा काम गरे । एचडी पछि पनि जनता दलकै सत्ता दोहोरीयो ।

जनता दलकै इन्द्रकुमार गुजराल प्रधानमन्त्री भए । उनले पनि १९९७ देखी १९९८ सम्म पुगनपुग एक वर्ष प्रधानमन्त्रीको रुपमा काम गरे । त्यसपछि फेरी भारतीय जनता पार्टीले सत्ता लियो । भाजपाका अटल विहारी भाजपाई दोस्रो पटक १९९८ देखी २००४ सम्म ६ वर्ष प्रधानमन्त्री भए । त्यसपछि फेरी भारतीय राष्ट्रिय कांग्रेसले सत्ता लियो । भारतीय कांग्रेसका मनमोहन सिंह प्रधनमन्त्री भए । मनमोहनले २००४ देखी २०१४ सम्म १० वर्ष लामो शासन सम्हाले । तर, सन २०१४ मा भने फेरी पनि कांग्रेसको सत्ता निरन्तरतामा ब्रेक लाग्यो । सन २०१४ पछि भारतीय जनता पार्टी सत्तामा आएको छ । भाजपाका नरेन्द्र मोदी अहिले भारतीय प्रधानमन्त्री छन् ।

स्वतन्त्रतापछि भारतको राजनीतिक घटनाक्रम हेर्दा अनेकौ उतारचढाप देखिन्छ । मुलत: भारतीय राजनीतिक पारिवारीक परिवेशमै घुमिरहेको छ । एउटै परिवार र एउटै दलले निरन्तर सत्ताको उपभोग गर्नुले भारतमा विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुलक भनिएता पनि विश्व मानचित्रले त्यो स्वीकार्न सकेका छैनन् । र, भारतीय राजनीतिक चरित्र सात दशकसम्म पनि उस्तैछ ।

ब्रिटिसको उपनिवेशबाट मुक्ति पाएको भारतले सात दशकको अवधिमा सफलता र असहजता उत्तिकै अनुभूत गरेको छ । भारतीय राजनीति कुनै न कुनै रुपमा संकटमै गुज्रिरहेको हुन्छ । स्वतन्त्रतापछिको सात दशकलाई हेर्दा भारत विश्व शक्तिको लयमा छ । तर ब्रिटिस साम्राज्यको स्कुलिङबाट सुरु भएको भारतीय राजनीति अहंम् र ठालू प्रवृत्तिबाट बाहिरिन सकेको छैन । छिमेकी साना देशसँग सम्मानजनक सम्बन्ध विकास गर्न भारतीय राजनीतिज्ञ तयार छैनन् । त्यसैले पनि भारत पूर्ण लोकतान्त्रिक मुलुक भइनसकेको आरोप लाग्नु स्वाभाविक हो ।

fallow on twitter Milan Limbu

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group