ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी खेतीमा प्रख्यात बन्दै किसान


admin
३ भदौ २०७४, शनिबार   १ : ३०   बजे

महोत्तरी, ३ भदौ । गौशाला नगगरपालिका– १२ (साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् ।

केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाउनुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजाराँै रुपैयाँ कमाउन सफल भएका हुन् ।

कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, कीटनाशक सट्टामा स्थानीयस्तरमा पाइने जडीबुटीलाई मिश्रित घोल बनाएर खेतमा छर्किंदा कम लगानीमै बढी उत्पादन गर्नमा सफल भएको महतोले जानकारी दिए ।

विभिन्न किसिमका तालिमबाट प्राप्त भएको ज्ञानको आधारमा बीउ संरक्षण, खेती गर्ने, कीटनाशकबाट जोगाउने, बजार व्यवस्थापनलगायतका विधि प्रयोग गरी मनग्य आम्दानी गर्न सफल भएको गृहणी सुनिता कुमारीले बताइन् ।

स्थानीयस्तरमै कृषक समूह बनाएर तरकारीखेती गर्न थालेपछि वर्तमान समयमा जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको आकर्षक प्याकेजलगायतका कृषि सामग्री अनुदानस्वरुप प्राप्त हुन थालेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उचित बजारको व्यवस्था नभएकाले महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केवरमा गएर बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान सन्तलाल महतोले बताउनुभयो । टिपर र मोटरसाइकलमा लोड गरेर एकैपटक एउटै बजारमा बिक्री गर्दा व्यापारीले उचित मूल्य दिन हिच्काउँदै आएको महतोले गुनासो गर्नुभयो ।

स्थानीयस्तरमा रहेको संस्थाबाट कुनै किसिमको सहयोग नपाए पनि जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको सहयोग प्राप्त हुँदै आएको शिवशक्ति मिश्रित बहुउद्देश्य सहकारी समूहको अध्यक्षसमेत रहनुभएका महतोले जानकारी दिनुभयो ।

प्रत्यक्ष रुपमा तीन सय घरपरिवार कृषि पेशामा संलग्न रहेको सो गाँउ पछिल्लो समयमा हरियो सागपातको गाउँ भनेर जिल्लामै परिचित हुनथालेका छन् ।

त्यहाँका किसानलाई सिंचाइको व्यवस्था, रासायनिक मलको सट्टामा कम्पोस्ट मलको प्रयोग विधि, विषादीको सट्टामा एकीकृत शत्रुजीव व्यवस्थापन, तरकारीमा लागेको रोग कीराको नियन्त्रण र बजार व्यवस्थापन सम्बन्धी तालीम दिँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो ।

‘मेहनत गरे माटोमै पनि सुन फल्छ’ भन्ने उदाहरणलाई महोत्तरी गौशाला नगरपालिका– १२ लक्ष्मिनियाँका किसानले सावित गरेको उहाँले बताउनुभयो ।

सो स्थानका किसानले दैनिक रु ५० हजारदेखि दुई लाख मूल्य बराबरका तरकारी उत्पादन हुने गरेका छन् । गतवर्ष जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा रु ६ लाख ६९ हजारको लागतमा तरकारी संकलन केन्द्र पनि सो स्थानमा स्थापना भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group