ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ हजार भन्दा बढि परिवार तरकारी खेतिमा


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   १० : ०८   बजे

तानसेन १ श्रावण । प्रधानमन्त्री कृषिआधुनिकिकरण परियोजना जोन कार्यान्वयन ईकाई (तरकारी जोन) तानसेन पाल्पाले चाल आर्थिक बर्षमा भएका कार्यक्रम, योजना तथा प्रगति विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक बर्षमा तरकारी जोन कार्यालय पाल्पाले ९५.३७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । तरकारी जोन परियोजनाले हाल तानसेन नगरपालिकाको १४ वटै वडा लाई तरकारीको पकेट क्षेत्र घोषणा गरी तरकारी उत्पादनमा बृद्धि गरेको छ ।

परियोजना पाल्पाले तरकारी खेतीको लागी विउ, वेर्ना, विरुवा तथा माछाको भुरामा ५० प्रतिशत अनुदान, कृषकलाई प्राविधिक सहयोग शतप्रतिशत, प्रयोगशाला सहयोग ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिंचाईको लागी ८५ प्रतिशत, उत्पादित तरकारीको बजार व्यबस्थापनमा ८५ प्रतिशत सहयोग प्रदान गर्दै आएको परियोजना कार्यालय प्रमुख रामप्रसाद पाण्डेले बताउनु भयो ।

परियोजना अन्तरगर्त तरकारी खेतिमा हाल सम्म १ सय १२ वटा समुह निर्माण २ हजार ४ सय ३१ परिवारले काम गर्दै आएका छन । जसमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका छन । जातिगत रुपमा ५ प्रतिशत दलित, ४१ प्रतिशत जनजाती र ५४ प्रतिशत अन्य जातजाति रहेका छन ।

कार्यालयले यस बर्ष १०.५ मिटरका ३ सय ५० वटा प्लाष्टिक टनेल निर्माण, उच्च प्रविधीको हाईटेक टनेल ४ वटा, नमुना प्रर्दशनीको लागी अर्गली, बौघागुम्वा र दमकडामा मल्चिङ प्लाष्टिक, टनेल खेतीको नमुना प्रदर्शनी, तरकारी उत्पादक कृषकहरु लाई उत्पादनमा आधारित प्रोत्साहन रकम, तरकारी बजारीकरणको लागी ट्रक ट्याक्टर, जिप, खनजोतको लागी साना ठुला पावर टिलर जस्ता उपकरण प्रदान गरी कृषकहरुको हौसल्ला बढाउदै आएको कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu