ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्नस्टार सन्नीलाई फिल्मको नाम फेर्न दवाव


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ८ : १३   बजे

मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् ।

सिखहरूको संगठन सिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलजित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने चेतावनी दिए ।

‘यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ’, उनले भनेका छन्, ‘सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले अब कौर थर उनले प्रयोग गर्न पाउँदिनन् ।’

अश्लील चलचित्रकी नायिकाको बायोपिकमा ‘कौर’ थर प्रयोग हुँदा सिख समुदायलाई ठेस पुग्ने सिंहको भनाई छ । यसबारेमा सन्नीले कुनै प्रतिक्रिया दिएकी छैनन् । बायोपिकको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो ।

यसमा सन्नीले आफ्नो भूमिका आफैं निभाएकी छन् । कुनै पनि बायोपिकमा यो नयाँ अभ्यास हो । बाल्यावस्थाकी सन्नीको भूमिका भने १४ वर्षीया रसा सौजनीले गरिरहेकी छन् ।

आदित्य दत्तले निर्देशन गरेको यो बायोपिक जि ५ एपमा वेव सिरिजका रुपमा १६ जुलाईबाट प्रशारण हुनेछ । प्रशारण सुरु भएपछि यो अझै विवादमा मुछिन सक्ने अड्कल काटिएको छ । यसमा सन्नीका सेक्स सिनहरू कति समावेश गरिएको छ भन्ने ट्रेलरबाट खुलेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group