ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलिया ईच्छुक


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ४ : ३०   बजे

काठमाडौं, ४ साउन । उर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

उनले उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखेका थिए ।

उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

अष्ट्रेलियन राजदूत बडले भेटमा उर्जामन्त्रालय मातहतका निकायलाई विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताएका थिए । उनले उर्जा क्षेत्रमा काम गर्न आफु निकै इच्छुक रहेको धारणा समेत भेटमा राखेका थिए ।

राजदूत बडले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत मन्त्री पुनलाई दिएका थिए । उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३ सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने ईच्छा व्यक्त गरेको समेत भेटमा बताए ।

प्राविधिक सहयोग सम्बन्धमा हस्ताक्षर
उर्जामन्त्रालय अन्र्तगतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोग सम्बन्धमा समेत एमओयु भएको छ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितीमा शुक्रवार कम्पनीका प्रवन्धक निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलोपम्याण्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुबै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको े विद्युत उत्पादन कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । त्यसैगरी समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu