ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्ने ट्याक्सी, अब हुदैन ट्राफिक जाम


एबीसी न्यूज
५ श्रावण २०७५, शनिबार   ९ : २८   बजे


काठमाडौं, ५ साउन । ट्राफिक जाम संसारका साना– ठुला सबै सहरको साझा समस्या बनेको छ । सीमित सडक र बढ्दो जनसंख्याको चापले त यस समस्यालाई झनै बल्झाइदिन्छ । समयभन्दा अगाडि नै हिँडे पनि समयमै गन्तव्यमा पग्ने नपुग्ने कुराको ठेगान नभएको अवस्थामा उड्ने ट्याक्सी हुँदो हो त भन्ने कसलाई नलाग्ला ।

सामान्यतयास् साइफाइ फिल्महरूमा मात्र सम्भव हुने यस्तो कुरा अब भने सम्भव हुने भएको छ । लक्जरी कार निर्माण गर्ने कम्पनी ‘रोल्स रोयस’ले लगभग ४ सय किलोमिटर प्रतिघण्टा गतिमा उड्ने ट्याक्सी निर्माण गर्ने समाचार आएको छ ।

कम्पनीका अनुसार यसमा ५ जना यात्री बस्न सक्छन् । यस ट्याक्सीलाई एक पल्ट चार्ज गर्दा यो ८ सय किलोमिटरसम्मको दूरी पार गर्न सक्छ ।

सन् २०२० पूर्व बजारमा उतारिने भनिएको यस ट्याक्सीलाई ह्याम्पसायरमा हुने ‘एयर(सो’मा पहिलो चोटि प्रदर्शित गरिने भएको छ ।

यस ‘एयर(सो’मा विश्वका कैयन् कम्पनीहरू आ(आफ्नो उत्पादनका साथ उपस्थित रहने छन् । रोल्स रोयसले यस अघि नै हवाई जहाज, हेलिकप्टर र पानी जहाजका इन्जिन बनाइसकेको छ ।

रोल्स रोयसका अनुसार यो ट्याक्सीमा एम(२५० ग्यास टर्बाइनको प्रविधिको प्रयोग गरेर ५ सय किलोवाट उर्जा निकालिनेछ, जसले यस वाहनलाई उड्न मद्दत पुऱ्याउने छ ।

कम्पनीले यसमा अवाज नआउने इन्जिन प्रयोग गरिने जनाएको छ । यसमा हाइब्रिड डिजाइन भएको हुँदा यसलाई बारम्बार चार्ज गरिराख्नु पर्ने छैन । यसका पखेटा ९० डिग्रीसम्म घुम्न सक्ने खालका हुनेछन्, जसले गर्दा यो ट्याक्सीलाई सोझै उडाउन र अवतरण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu