ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीमा कर लगाएपछि व्यवसायी आन्दोलनमा


bhawani desk
५ श्रावण २०७५, शनिबार   १ : १५   बजे

भक्तपुर, ५ साउन । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने जार तथा बोतलका खानेपानीमा कर लगाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएपछि भक्तपुरमा खानेपानीको हाहाकार भएको छ ।

नेपाल बोतल वाटर उद्योग संघ क्षेत्रीय समिति भक्तपुरले जार र बोतलको पानीमा पटके कर लगाएको भन्दै विरोध गर्दै पानी उत्पादन र वितरण बन्द गरेपछि खानेपानीको हाहाकार भएको हो । चाँगुनारायण नगरपालिकाले पानीको कर संकलन ठेक्कामा लगाएपछि व्यवसायी आन्दोलित भएका हुन् ।

नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले खानेपानी प्रशोधित वितरण गर्ने उद्योगलाई कर लगाएकोमा आपत्ति नभएको बताउँदै ठेक्का लगाएर पटके कर उठाएकोमा आपत्ति भएको बताउनुभयो ।

उद्योगीहरुले नगरपालिकालाई एकमुष्ट कर तिर्न तयार रहेको बताउदै उहाँले पानीमा बाटो बाटोमा बसेर ठेकेदारमार्फत पानीमा निकासी कर लगाउनु नाजायज भएको जिकिर गर्नुभयो ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले विगतमा पनि पानी उद्योगबाट कर लिँदै आएको बताउँदै उद्योग एवं व्यवसायीले कर तिर्नुपर्ने बताउनुभयो ।

उहाले राजश्व परामर्श समितिमा उद्योग वाणिज्य संघको प्रतिनिधि राखेर बोर्ड र परिषद्ले पानीको कर पास गरेको बताउँदै यसबारे पुन : समितिसँग छलफल गरिने बताउनुभयो । भक्तपुरको झौखेलमा रहेको १५ भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा रहेका छन् । यहाँको पानी भक्तपुरसँगै काठमाडौं उपत्यकामा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group