ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियार प्रयोग गरेर सत्ता टिक्दैनः पौडेल ‘पैसाको राजनीति हामीले अन्त्य गर्नुपर्छ’


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   १२ : ३०   बजे

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् ।

शनिबार माइतघर मण्डलमा भएको प्रदर्शनका क्रममा भएको झडप लगायतका अन्य सरकारका गतिविधिप्रति लक्षित गर्दै उनले सरकार निरंकुशतातिर जाँदै गरेको बताए ।

‘सरकार जनहितको मागलाई विल्कुलै उपेक्षा गरेर दमन गरेर सत्ता चलाउन चाहन्छ’, उनले थपे, ‘तर, दमनकारी हतियारले सत्ता चलाउने कुरा धेरै टिक्दैन ।’आइतबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘डा. गोविन्द केसीले जुन माग उठाउनु भएको छ, त्यसको पछाडि एउटै कुरा छ- गुणस्तरीय शिक्षा दुरदराजको गाउँमा पुगोस् । तर, सरकारले उनको मागलाई विल्कुलै उपेक्षा गरेको छ ।’

‘सरकार जे व्यबहार गर्दैछ, त्यो संघीय लोकतान्त्रिक संविधानलाई बल मिल्ने खाल्को छैन’, पौडेलले भने, ‘उनीहरु आफूलाई समाजवादी भन्छन् । तर, के उनीहरु साँच्चै समाजवादतिरै अगाडि बढेका छन् त ? जनतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी पुर्‍याउने कुरामा के सरकार अगाडि बढेको छ ?’

अर्को प्रसंगमा उनले बीपीको सपनालाई साकार पार्ने काममा धेरबहुत काम गरेको बताए । ‘हामीमा केही कमी छन् होला । त्यसलाई विश्लेषण, मूल्यांकन कार्यकर्ताले पनि गर्न सक्नुपर्छ’, उनले भने, ‘नेताले कार्यकर्ताको गर्न सक्नुपर्छ, कार्यकर्ताले नेताको मूल्यांकन, विश्लेषण गर्न सक्नुपर्छ ।’

उनले बीपी आर्थिक मामलामा अत्यन्त वितव्ययी र स्वच्छ भएको स्मरण गरे । ‘बीपीलाई राजाले पनि चार्ज लगाउन सकेनन् । किनभने उहाँमा खोट लगाउने ठाउँ थिएन’, उनले भने, ‘त्यसवेला राजाका पत्रपत्रिकाहरुले प्रधानमन्त्री स्वच्छ भए पनि कतिपय मन्त्रीले बदमासी गरे भनेर लेखेको कुरा अहिले पनि मेरो स्मरणमै छ ।’

उनले पैसाको राजनीति नेपाली कांग्रेसले अन्त्य गर्नु पर्ने बताए । ‘पैसाको राजनीति हाम्रो पार्टीले निरुत्साहित गर्नुपर्छ । त्यसो भयो भने हामी बीपीप्रति सच्चा अनुयायी हुनेछौं’, पौडेलले थपे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group