ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीका मेसुट ओजिलले लिए फुटबलबाट सन्यास


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   ८ : ३६   बजे
unn.prixa.net

जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

गएराति ४ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उनले जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेका हुन् ।

इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई विश्वकपमा जर्मनीको खराब प्रदर्शनको आरोप पनि लाग्दै आएको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँग लण्डनमा फोटो खिचाएपछि ओजिलको झनै आलोचना भएको थियो ।

टर्कीका राष्ट्रपतिसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेका २९ बर्षिय ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताएका छन् ।

२००९ मा डेब्यू गरेका ओजिलले ९२ क्याप जितेका छन् । जर्मनीका लागि २३ गोल गरेका ओजिल २०१४ को विश्व विजेता हुँदा महत्वपूर्ण खेलाडी थिए ।

पाँच पटक जर्मन प्लेयर अफ दी इयर हात पारेका ओजिलले सन्यास घोषणा गर्दाको विज्ञप्तिमा भनेका छन्, ‘सन्यास घोषणा गर्नु आफैमा मेरा लागि कठिन र चुनौतिपूर्ण काम हो ।’

जर्मर्नीका जनता र फुटबल प्रेमीहरु प्रति विज्ञप्तिमा नम्र देखिएका ओजिल राजनीतिक दलहरु प्रति भने असन्तुष्ट देखिए ।

जर्मनी र टर्कीका राष्ट्रपति बीच राम्रो सम्बन्ध नभएका कारण फोटो प्रकरणमा ओजिलमाथि नेताहरुले आक्रोश व्यक्त गरेका थिए । यस विषयमा पनि उनले प्रष्टिकरण दिँदै टर्कीमा राजनीतिक स्वार्थपूर्तिका लागि प्रोपोगाण्डा मच्चाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu