ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो ईज्यत सडकमा छताछुल्ल पारिदैंछ आमा


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   २ : ३४   बजे
शारदा शर्मा
शारदा शर्मा

सेतो एप्रोनमा सजिएर दुर दराजका गरीब जनताको सेवा गर्ने छोरीको इच्छा पुरा गर्न तिमीले के गरिनौ । बा ले अनेक कल्पना गर्दै मलाई डाक्टर बनाउने सपना बुन्दा धेरै रात नसुतेको मेरै आँखाले देखेकी छु । आफ्नै काखमा राखेर हुर्काएकी छोरीलाई डाक्टर बनाउन तिमी र बा कति ठाउँमा चाहारेउ मलाई पनि थाहा छ । देशको परिस्थिति हाम्रो आर्थिक अवस्थाको कारण आफ्नै देशमा मेडिकल साइन्स पढेर डाक्टर बन्ने सपना लग भग मेरो मनबाट हराइसकेको थियो । सोच्थे गोबिन्द केसीले राखेका माग पुरा गर्न सरकार तयार हुने हो भने त मैले देशमै डाक्टरी पढ्न पाउने थिए ।

तर पछि मलाई उनै माथि डाउट हुन थाल्यो । कुरा मैले बुझिन या डाक्टर केसीले बुझ्न सकेनन् खै उनको १५ औँ अनशन सम्म आइपुग्दा र उनले राखेका मागहरुलाई पहिलो अनशन तिरबाटै नियाल्दै जाँदा उनको शैली बुझिनसक्नुको पाए । सायद देशमा सर्वसुलभ तरिकाले पढ्न पाउने मेडिकल कलेजहरु भएको भए दुइबर्ष कुर्दा पनि आफ्नो देशमा पढ्न नपाएर म बिदेश किन जानु पर्दथ्यो र ? यसरी बिदेशीने धेरै बिद्यार्थीहरु छन् जस मध्य मलाई पनि तिमी र बा ले बंगलादेशमा पढ्न पठाउने निर्णय गरेउ ।

देशमा पढाउन सक्ने बातावरण नभएपछि मलाई बिदेश पठाउन पर्दाको पिडा म राम्ररी बुझ्छु पनि । बाँध्यताले उच्चशिक्षा लिन बिदेशिएका तिम्रा छोरीहरु माथि देश चलाउछौं भन्नेहरुले नै शब्द प्रहार गरेछन् हाम्रो ईज्यतको लिलामी गर्दै । हाम्रो मेहनेत हाम्रो लगन र हामीले लिएको प्रतिज्ञालाई शरीरसंग साटेको भन्दै एकदुइजना मान्छेहरुले हाम्रो इज्यतको बिस्कुन सुकाउन खोजेछन् ।

हामीलाई उनिहरुले प्रहार गरेका शब्दहरुसंग भन्दा पनि उनिहरुको नियत प्रति शंका छ । साँच्चै आफ्ना छोरीहरुको बिषयमा आएका यी प्रचारहरुले तिमी र बा लाई कति असर र प्रभाव पारेको छ म प्रष्ट बुझ्छु । समाजले हाम्रो परिवारप्रति हेर्ने दृष्टिकोणको भर्पाई गर्न के ति मान्छेहरुले सक्लान ? हुन त उनिहरुले कसरी भने ? भन्नत भने नी हाम्रो ईज्यतको धँज्जी उडाउंदै । यो आम समाजको धारणा हो महिलाहरुलाई हेर्ने गलत मानसिकता हो । सबै छोरी चेलीहरु माथिको आक्रमण हो । तिमीत नेपालमै छौ बुझ्दैँ गर्नु खुलेआम हाम्रो बदनाम गर्ने उनिहरुका श्रीमती आमा बाउ र छोरीहरु छन् की छैनन् । आफ्ना छोरी नहुनेहरु नै यसरी बोल्न सक्छन् । आमाको कोखको अपमान गर्नेहरुले नै यसरी खुलेआम महिलाहरुको बदनाम गर्न सक्छन् ।

देश अझै पनि संक्रमणकालमै छ यहाँ पावर र सत्ताको भोकमा मान्छेहरु कुहेको सिनो खान तयार छन् । चिहान माथि बसेर राजनीति गर्ने खेल कहाँ सकिएको छ र अरुको अवशानमा आफ्नो उदय देख्ने भोका मान्छेहरुको राज छ आमा हाम्रो देशमा । खसीको टाउको झुण्डाएर कुकुरको ब्यापार गर्नेहरुले के भन्छन् बा लाई पिर नमान्न भन्नु । सेतो एप्रोनमा सजिएर दुरदराजका गरीबको सेवामा छोरीले गरेको तरक्की हेर्न ला–लायित ति आँखाहरु झुक्न दिने छैन । हामी छोरी चेलीहरुको खुलेआम बदनाम गरेर चर्चा बटुल्न चाहाने बटुकहरुलाई धन्यवाद दिनु सायद यस्ता तमाम आरोपले खारिदै हामी स्पात बन्ने छौं । दिन–दहाडै छोरी चेलीहरुको ईज्यत उतार्न खोज्ने हरुलाई समयले कठघेरामा उभ्याएर सजाय दिनेछ ।

साँच्चै आजपनि जान्ने सुन्ने हौं भन्नेहरु बाटनै हामीमाथि शारिरिक र मानसिक बलात्कार भैरहेको छ । दिनदहाडै राजधानीमै अनेक बलात्कारका घटनाहरुबाहिर आएका छन् समाजमा विकृति बढेको छ, महिलाहरु प्रति गरिने यस्ता घीनाउंदा कार्यहरुमा समाज बदल्छौ भनेर लाग्नेहरुनै अगाडी छन् । अनेक बहानामा महिलामाथि शोषण भएको छ जस्को कारण एक भएर समाजका बिकृति हटाउनु पर्ने समयमा हामी माथि भएको यो अपमान र ब्यईज्यतको मुल्य चुकाउन उनिहरु तयार हुनु पर्नेछ । समाजमा छोरी चेलीहरुको ईज्यत माथि यसरी बदनमीका आरोपहरु बर्षिरहदा सरोकार निकाय हरु चुप जस्तो देखिनु झनै लज्जास्पद नै छ र पनि हामी दृढ छौ। पढाइमा नै कन्सल्ट राख्छौ । आफु बाहिर भएको समय हामीहरुको बिषयलाई लिएर बोलिएका यि खुलेआम ब्यईज्यतीका शब्दहरुले दुखेको मुटुको घाउ सुक्न समय अवश्य लाग्ने छ तर कमजोर भने हुने छैनौ ।

जे होस बद्नाम गर्न त खोजियो नी हामीलाई र पनि चिन्ता नगरे आमा खुलेआम हामीलाई आफ्नै देशले शीर झुक्न बिवश बनाएको यो कठिन समयमा बा लाई सम्झाउनु र सचेत रहनु देश तिम्रो हाम्रो पनि हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

सम्बन्धित

साधारण मानिस हुनुको असह्य चिन्ता

अमेरिका र इरानको अवसरको अनौठो क्षण

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu