काठमाडौं,१० साउन । नागरिक लगानी कोषले कर्मचारी तथा सञ्चायकर्ताको बचतको व्याज बढाएको छ । साउन १ गतेदेखि लागू हुने गरी ब्याज बढेको कोषले जनाएको छ । कोषका कर्मचारी बचतबृद्धि स्वीकृत अवकाश कोषका सहभागीलाई बचत रकममा नयाँ व्याजदर दिइनेबताइएको छ ।
८० प्रतिशत सहभागी सापटी, आवास कर्जा र सरल कर्जामा सहभागीहरुबाट लिने व्याजदर बढाइएको कोषले जनाएको छ । सरकारले सञ्चालन गरेको नागरिक लगानी कोषले कर्मचारीलाई वचत वृद्धि कोषमा दिने र कर्जा सापटीमा लिने दुबैको ब्याजदर बढाएको हो।
कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पु¥याएको छ । यसअघि कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । यसअघि ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ ।
कर्मचारीलाई दिने ८० प्रतिशत सहभागी कर्जा सापटीको ब्याजदर १ प्रतिशत बढाएर ९ प्रतिशत पुर्याएको छ । यसअघि यसको ब्याजदर ८ प्रतिशत थियो ।
यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । यसअघि ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्