काठमाडौं, ११ साउन । पहिले असार साउन महिनामा खेतमा वाजागाजा वज्यो की ‘लु आज कसले वेठी लगाएछ’ भनेर भन्ने गरिन्थ्यो । तर आज भोली नेपाली संस्कृति मध्येको एउटा संस्कृति वेठी हराउदै गएको छ ।
आधुनिक जीवन शैली र खेती लगाउने जग्गामा खण्डिकरणका कारण खेतीयोग्य जमिन मासिनु र खेती लगाउनु छोडनु पनि प्रमुख कारण हुन । पछिल्लो समयमा विषेश गरी संस्कृति हराउनु एकातिर छ अर्काे तिर धान खेतीनै कम हुन थालेको छ ।
यसरी नेपालीको लोकप्रिय संस्कृति वेठी लोप हुदै जानु चिन्ताको विषय हो । धान रोपाईमा रमाईलो गर्दे गाउ भरीका मानिस भेला भएर वेठी लगाउने प्रचलनलाई कायम गर्न र वेठी संस्कृतिलाई वचाई राख्न सरोकारवाल निकार्य सवैले बेलैमा ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्