काठमाडौं,११साउन । भारतले भुकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैया अनुदान सहयोग उपलब्ध गराएको छ ।
नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भुकम्पपछिको पुर्ननिर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो ।
दाता सम्मेलनमा एक खर्ब रुपैया सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको भारतले झण्डै ३ बर्षपछि पहिलो चरणको रकम उपलब्ध गराएको हो ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
यो रकम गोर्खा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार ८६ वटा निजी घर निर्माणमा प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ । भारतले दिने भनि प्रतिवद्धता जनाएको रकमको २५ प्रतिशत रकम अनुदान र बाँकी ७५ प्रतिश रकम ऋण हो ।
प्रतिक्रिया दिनुहोस्