बर्दिया, ११ साउन । जिल्ला प्रशासन कार्यालयले बर्दियाले जिल्लाका यातायात समितिहरु खारेज गरेको छ ।
खारेज हुने समितिहरुमा बर्दिया कृष्णसार यातायात व्यवसायी संघ, कुसुम्बादेवी यातायात व्यवसायी समिति, टेक्टर व्यवसायी समिति, ठाकुरबाबा टेक्टर समिति, बर्दिया टेक्टर व्यवसायी संघ, बर्दिया टेक्टर व्यवसायी संघ गुलरिया र त्रिशक्ति टेक्टर समिति रहेका छन् ।
कार्यालयको शुक्रबारको निर्णय अनुसार यातायात समिति साउन १ गतेकै मितिदेखि खारेज भएका हुन् ।
संस्था दर्ता ऐन, २०३४ र संस्था दर्ता नियमावलीबमोजिम ती संस्थाहरु खारेज गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । सरकारले यसअघि नै देशभरीका यातायात व्यवसायी समितिहरु नवीकरण नगर्ने र नयाँ दर्ता पनि नगर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्