ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले खुल्छ मलेसिया जाने कामदारलाई श्रम स्वीकृति , किन रोकियो ?


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ७ : १७   बजे

काठमाडौं, १२ साउन । दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् ।
जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी गन्तव्य मलेसिया कहिले खुल्छ त ? यसको ठ्याक्कै जवाफ न नेपाल सरकारले दिएको छ न त मलेसिया सरकारले ।

किन रोकियो ?

श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् । पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।

कहिले खुल्ला ?

नेपालले कामदार पठाउन रोकेपछि मलेसियाका रोजगारदाता कम्पनी खुलाउन लागिपरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङ भन्छन्, ‘रोजगारदाताले झन्डै १५ हजार नेपाली कामदारको भिसा पठाइसकेका छन् । कामदार लैजाने वातावरण बनाउन मलेसिया सरकारलाई दबाब दिइरहेका छन् ।’

मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन जुलाई १९ तारिखमा कार्यवाहक राजदूत कुमार खरेललाई भेट्न नेपाली दूतावास पुगेका थिए । छलफलमा मन्त्री कुलासेगरनले नेपाली कामदारले भोग्दै आएका समस्या व्यवस्थापन गर्न मलेसिया सरकार तयार रहेको बताए ।

नेपालले अघि सारेको विकल्प

नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी काठमाडौंमा रहेको मलेसियाली दूतावासले राहदानी बुझेर भिसा लगाइदिने व्यवस्था गर्न सक्ने विकल्प अघि सारेको छ । यस्तो प्रस्ताव मलेसिया सरकारसमक्ष राखिसकिएको कार्यवाहक राजदूत खरेलले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu