ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ – मन्त्री विश्वकर्मा


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ६ : १९   बजे


पोखरा, १३ साउन । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

खेलकूद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकूद आयोजना गर्नका लागिमात्रै नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकूद अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उहाँले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पार्नुभयो ।

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशराज श्रेष्ठले राजनीतिकरुपमा खेलकूदका विषयमा कुनै पनि दलले चासो नदिएको धारणा राख्दै खेलकूद विश्वविद्यालयको आवश्यकता औँल्याउनुभयो ।

खेलकूदमा निजी संस्थाको सहभागिता हुनुपर्ने कुरा गर्दै खेलकूद राजनीतिबाट मुक्त राख्नुपर्नेमा उहाँको जोड थियो । तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा ९४ टिममा १८६ जना खेलाडीको सहभागिता रहेको आयोजक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता खेलाडीले क्रमशः २०, १५ र १० हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu