ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ८ : ०७   बजे

 

गौशाला, १३ साउन । प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ ।

सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४/७५ को रु १० लाखभन्दा बढी आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

विनयले स्थानीयवासीको बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुण्ड्याएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले आरोप लगाउनुभयो ।

त्यस्तै सो निर्माण कार्यको उपभोक्ता समिति को हो भन्ने बारेमा समेत कसैलाई केही थाहा नरहेको स्थानीयवासी लक्ष्मण ठाकुरको भनाइ छ । विनयले सो सडक निर्माण गर्दा स्थानीयवासीले इस्टिमेट, बजेट, होर्डिङबोर्ड लगायतका कुराको माग गर्दैै निर्माण रोक्न खोज्दा स्थानीयवासीलाई विनय र उनका सहयोगी नरेश सिंहले गाली–बेइज्जती गर्नाका साथै कुटपिट गर्ने धम्की दिएपछि पछि हटेको स्थानीयवासी रोशन पाण्डेले बताउनुभयो ।

विनयले आफूखुशी मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई त्यसबारे जानकारी गराउँदै सो काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले त्यो काम आफ्नो अधिकार क्षेत्रको नभएको भन्दै फर्काइदिएको स्थानीयवासी भिखारी मण्डलले बताउनुभयो ।

त्यस्तै सो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाँदा त्यहाँबाट समेत कुनै सहयोग नमिलेको स्थानीयवासी राजु मण्डलले बताउनुभयो । यसरी सांसदको पतिले गरेको भ्रष्टाचारका बारेमा स्थानीयवासीले रोक लगाउन जाँदा गाली बेइज्जती सहनु परेको, स्थानीय प्रमुख तथा प्रहरी प्रशासन समेतबाट कुनै सहयोग नमिलेपछि स्थानीयवासी दुःखी र आक्रोशित भएका छन् भने उनीहरुले अख्तियारलगायत सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँदै यस कामको स्थलगत निरीक्षण गर्न तथा भ्रष्टाचारीलाई कानूनी कारबाहीको माग गरेका छन् ।

स्थानीयवासीले विनय चौधरीउपर लगाएको आरोपबारे सांसद बबिता चौधरी र उनका पति विनय चौधरीसँग यसबारे जानकारी लिन खोज्दा सांसद चौधरी बिरामी रहेकोले कुरा गर्न नसक्ने भनियो भने उनका पति विनय सम्पर्कमा आउन चाहनुभएन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group