ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ५ : ५३   बजे

एजेन्सी,१३ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताउनुभएको छ ।

तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकलाई “शान्तिपूर्ण मार्ग” मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिनुभएको छ । उहाँले “निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव”का रुपमा लिन सुझाव दिनु भएको अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उहाँले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गर्नुभएको छ । कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिनुभएको छ ।

आइतबार हुन लागेको निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu