एजेन्सी, १६ साउन। मेक्सिकोको डुरान्गो राज्यको राजधानी नजिकै विमान दुर्घटना भएको छ । १०१ जना रहेको विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि ज्यान नगएको डुरान्गोका गभर्नर जोसे एइस्पुरोले पुष्टि गरेका छन् ।
विमानमा रहेका १०१ मध्ये ८५ जना घाइते भएको छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । एरोमेक्सिकोको फ्लाइट नम्बर एएम २४३१ को विमान डुरान्गोमा रहेको गुएडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडेको थियो ।
खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । ठूलो पानी परिरहेका बेला विमानले उडान भरेको थियो र लगत्तै आपतकालीन अवतरण गरियो । त्यहि क्रममा दुर्घटना भएको हो ।
९७ यात्रु तथा चालक दलका चार सदस्य रहेको विमान उडेको केहीछिनमै दुर्घटनाग्रस्त भएको हो । घाइते भएका मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्