ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक प्रतिष्ठानको विकासमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   १२ : ३५   बजे

पोखरा, १६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उहाँले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताउनुभयो ।

मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको बताउँदै उहाँले सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजसेवी सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा रु ७० लाखको लागतमा उक्त आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रदेशसभा सदस्य मीना गुरुङले प्रदेश सरकार अहिले आवश्यक कानून निर्माणमा जुटेको बताउँदै त्यसका लागि सबै क्षेत्र र समुदायको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताउनुभयो ।

संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा एक सयजना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिनुभयो ।

व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापिठ निर्माणका लागि कूल रु १३ करोड लगानी हुने बताउँदै उहाँले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा रु एक करोड २५ लाख विनियोजन भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu