ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि दुई देशको सम्बन्धमा उच्चस्तरको विकास


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   ६ : २९   बजे

निम्लेकी शेर्पा
काठमाडौं,१६ साउन । १ अगष्ट, नेपाल र उत्तरी छिमेकी मित्रराष्ट्र चीनबीच औपचरिक सम्बन्ध स्थापना भएको दिन । ६३ वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भएपनि दुई मुलुकबीचको जनस्तरको सम्बन्ध भने २ हजार वर्ष पुरानो छ । विश्वकै शक्तिसम्पन्न मुलुक बन्दै गएको चीनसंग नेपालको लामो सम्बन्ध भएपनि चिनिया सहयोगलाई नेपालले अहिलेसम्म उपयोग गर्न सकेको छैन ।

नेपाल र छिमेकी राष्ट्र चीनबीको पारस्परिक सम्बन्ध प्राचिन कालदेखिकै हो । छिमेकी मुलुक चीनसँगको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध दुई हजार वर्ष पुरानो बलियो सम्बन्ध हो । तर औपचारिक कुटनीतिक सम्बन्ध भने ६३ वर्ष अघि सन् १९५५ अगष्ट १ मा स्थापित भयो । कूटनीतिक सम्बन्ध स्थापना पछि दुई मुलुकबीचको सम्बन्ध अझ बलियो र विस्तारपूर्ण भैरहेको छ ।
नेपालका लागि कूटनीतिक सम्बन्ध स्थापना गर्ने जनवादी गणतन्त्र चीन पाँचौ मुलुक हो भने चीनका लागि नेपाल नेपाल २७ आंै मुलुक हो । नेपाल र चीन बीचको सम्बन्ध आपसी सम्मान, विश्वास, मित्रता र सद्भावनामा आधारित छ । तर, यो ६३ वर्षको अवधिमा नेपालको आफ्नै कमजोर परराष्ट्र नीति र भएका सम्झौताहरुको कार्यन्वयनमा प्रभावकारिता नहुदा धेरै आशावादी बनेका नेपालीका लागि उपलब्धी शुन्य जस्तै भएको नेपाल चीन सम्बन्धका जानकारहरु टिप्पणी गर्छन् ।

उच्चतम मित्रवत सम्बन्धलाई राष्ट्रअनुकुल उपयोग गर्न नेपालले सकेको छैन । दशकौं लामो यात्रामा नेपाल र चीनबीच कुनै पनि विषयमा विवाद छैन । निर्धक्कका साथ नेपाल चीन सम्बन्ध समस्यारहित बन्दै आएको छ । तर पनि चीनसंग नेपालले जुन ढंगले फाइदा लिन सक्नुपर्ने हो लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणपछि त अझ दुई देशको सम्बन्धमा उच्चस्तरको विकास भएको छ । नेपालको समृद्धि र विकासमा सघाउ पुर्याउन चिनिया राष्ट्रपतिले सार्वजनिक रुपमै वचनवद्धता प्रकट गरेका छन् । तर, अझै पनि नेपाल आफै अलमलमा परेको जस्तै देखिन्छ । नेपाल चीनबीच महत्वपुर्ण योजनाहरु सहभागी प्रोटोकलमा हस्ताक्षर नहुनुले त्यो अलमललाई प्रष्ट पार्दछ । हामीले प्रयोग गर्ने शब्द जालो र हाम्रो काम गराईका कारण पनि उपलब्धिमुलक बन्न नसकेको चीन मामिला जानकार डाक्टर उपेन्द्र गौतमले बताए ।

चीनबाट लिने फाइदामा नेपालको अग्रसरता महत्वपुर्ण हुन्छ । चिनियाहरु सहमति, सम्झौता कार्यन्वयनका लागि आतुर छन् । तर हामी अठोटमा नै सीमित रह्यौं भने दुईपक्षीय सम्बन्धलाई नेपालहित अनुकुल प्रगति हुन सक्दैन । त्यसैले चीन सरकारले सुरु गरेका पुर्वधारका योजनाहरु सरकारले नागरिकसंग पनि सल्लाह र सहकार्य गरी सम्बन्ध र फाइदा लिन सक्नुपर्ने बताउंछन् डाक्टर गौतमको भनाई छ ।
चीन नेपालको सबै भन्दा विश्वाशिलो छिमेकी हो, जसले समस्या परेको बेला हरेक समय नेपाललाई सहयोग गरेको छ । देशमा राजनीतिक अस्थिरताका कारण केहि सुस्त बनेको सहयोग स्थायी सरकारसंगै नयां चरणमा प्रवेश गरेको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, सञ्चार क्षेत्रमा समेत चीनको ध्यान नेपालको लागि विकासको नया आधार बन्न सक्ने अर्का जानकार हिरण्यलाल श्रेष्ठले बताए । तर, तत्कालिन फाइदा वेफाइदालाई नहेरी अहिले सम्मको सौम्य सम्बन्धको निरन्तरता नै दुवै देशको विशेषता हो । दुई देशबीचको सम्बन्ध बलियो र मजबुद बनाउन बेलाबेलामा हुनेगरेका उच्चस्तीय भ्रमणहरु हुने गरेका छन् ।

दुई मुलुकबीचको सम्बन्धको महत्वपुर्ण भेट विसं २०१२ बैशाख ११, तद्नुसार २५ अप्रिल १९५५ मा इन्डोनेशियाको वाङ्डुङमा भएको असंलग्न राष्ट्रको शिखर सम्मेलनमा राजा महेन्द्र र चीनका प्रधानमन्त्री चाउ एनलाईबीच भेटवार्ता पश्चात सुरु भएको मानिन्छ । त्यसलाई ऐतिहासिक भ्रमण मात्र होइन दुई देशबीचको कुटनितीक सम्बन्धको औपचारिकता समेत मान्न सकिन्छ । विस् सन् १९५७ मा चीनिया“ प्रधानमन्त्री चाउ एनलाईको नेपाल भ्रमण गरे ।

जुन चिनिया“ उच्चस्तरीय प्रतिनिधिमण्डलको पहिलो नेपाल भ्रमण थियो । आधुनिक चीनका योजनाकार देङस्यायो पिङले पनि सन् १९७८ मा नेपालको भ्रमण गरेका थिए । दुईदेशबीचको उच्चस्तरीय भ्रमण पछिल्लो समय प्राथमिकतामा परेको छ । अहिले नेपाल चिनिया राष्ट्रपति सि जिङ पिङलाई स्वागत गर्न आतुर छ । उच्चस्तरीय भ्रमणसंगै, हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण, सिल्क रोड र जलमार्ग जस्ता बहुआयामिक योजनाहरुको कार्यन्वयनमा नेपाल व्यवहारिक रुपमा तत्पर हुंदा नागरिकले कल्पना गरेको समृद्ध नेपालको सपना सम्भव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजी गर्न स्निफर डग परिचालन

भोटेकोसी बाढीमा सात जनाको शव फेला

सम्बन्धित

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

रसुवाको बाढीले ४३१ मेगावाटभन्दा बढीका ऊर्जा आयोजना प्रभावित

म्याग्दीमा गहना चोरी गर्ने बारा–पर्साका पाँचजना पक्राउ, यसअघि पनि चोरीमा संलग्न

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu