ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठन गरिने


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ९ : ४६   बजे

काठमाडौँ, १७  साउन । दुवै सदनका विषयगत समिति आज बिहीबार गठन हुँदैछन् । लामो समयदेखि गठन हुन नसकेका प्रतिनिधिसभा तथा राष्ट्रियसभाका विषयगत समितिले पूर्णता पाउन लागेका हुन् ।

गएको फागुन २१ गते सुरु भएको संसदका समितिहरु ५ महिनापछि गठन हुन लागेका हुन् । प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा चारवटा विषयगत समिति रहने छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम बुझाउन अस्वीकार गर्दै आएका कारण विषयगत समिति गठनमा ढिलाइ भएको हो । तर केही दिनअघि कांग्रेसले समितिमा रहने आफ्ना सदस्याको नाम बुझाएको छ ।

यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विषयगत समिति गठनको तयारी छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठकमा बिमा विधेयकमाथि छलफल तथा अन्तराष्ट्रिय आतंकवाद, अन्तरदेशिय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धी प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ मा १० वटा संसदीय समिति रहने व्यवस्था छ । नियमावली अनुसार, अर्थ समितिको कार्यक्षेत्रअन्र्तगत अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोग रहेको छ ।

परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम कारबाही र गतिविधिको अनुगम, मूल्याकन र रेखदेख गर्ने अधिकार अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा रहने छ ।

उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मातहत उद्योग, बाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उपभोक्ता हितसम्बन्धी विषय परेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, न्याय परिषद, न्यायसेवा आयोग, महान्यायाधीवक्ताका्े कार्यालय र मानवअधिकार आयोगले कानुन, न्याय तथा मानवअधिकार समितिप्रति उत्तरदायी हुनुपर्ने छ ।

त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी, उर्जा, जलस्रोत तथा सिँचाई र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रको जिम्मेवारी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पाउने छ ।

महिला तथा सामाजिक समितिको कार्यक्षेत्र महिला बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोग एवं शान्ति प्रक्रियाको विषय हेर्ने कार्यक्षेत्र राज्य व्यवस्था तथा सुशासन समितिले पाएको छ ।

विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, खानेपानी, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुन निर्माण प्राधिकरणसम्बन्धी विषय हेर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय शिक्षा तथा स्वास्थ्य समितिको कार्यक्षेत्रभित्र परेको छ ।

सार्वजनिक लेखा समितिको कार्यक्षेत्रभित्र सार्वजनिक लेखा र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन परेको नियमावलीमा उल्लेख छ ।

यस्तै राष्ट्रियसभा नियमावली २०७५ मा चार समिति रहने व्यवस्था छ ।

राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेछन् ।

यसअघि हिजोको दुवै सदनको बैठक पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group