ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानपछि जिम्बाब्बेमा ३ प्रदर्शनकारीको ज्यान गयो


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ११ : १६   बजे

एजेन्सी, १७ साउन । जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ ।

सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।

विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो दिनको याद आएको जनाएको छ ।

राष्ट्रपति इमरन मनंगाग्वाले हिंसा फैलिनुमा विपक्षीलाई जिम्मेवार ठहर्‍याएका छन् । उनले चुनावी प्रक्रियामा खलल पुर्‍याउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाए ।

निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले आफूले जितेको दाबी गरेको छ । सत्ताधारी दलका नेता तथा वर्तमान राष्ट्रपति इमरसन मनंगाग्वाले जितेको दाबी गरिएको हो ।

तर विपक्षी गठबन्धन एमडीसीले आफ्ना उम्मेदवार नेल्सन चामिसाले राष्ट्रपतिमा जितेको दाबी गरेको छ । निर्वाचन आयोगले भने निर्वाचनको परिणाम अझै घोषणा गरेको छैन ।

यसैबीच युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपति चुनावको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu