ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   ४ : १७   बजे

पेरिस, १८ साउन ।  बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उहाँले फ्रान्सका राष्ट्रपति इमान्यूएल म्याँक्रोसँग शिष्टाचार भेटवार्ता गर्न लाग्नु भएको हो ।

उहाँहरुबीच ब्रेगानकोनमा दुई घण्टा अनौपचारिक भेटवार्ता हुनेछ । “फ्रान्सेली राष्ट्रपतिहरुको गृष्मकालीन निवासका रुपमा ब्रेगानकोन चर्चित छ, र हाल इटालीमा छुट्टी मनाइरहेकी बेलायती प्रधानमन्त्री थेरेसा मेलाई यहाँ स्वागत गर्ने योजना बनाइएको हो,” स्रोतले बतायो ।

प्रधानमन्त्री मे ले ब्रेक्सिट वार्ताका बारेमा लन्डनको अवधारणा र युरोपेली यूनियनसँगको भावी सम्बन्धका बारेमा धारणा राख्नु हुनेछ । स्रोतका अनुसार, यस प्रस्तावका बारेमा स्पष्ट गर्ने यो अवसर हो र उहाँहरुबीच राजनीतिक सन्दर्भका बारेमा पनि छलफल हुनेछ ।

युरोपेली राष्ट्रहरुको दबाब थेरेसा मेमाथि लगातार चुलिदो छ । खासगरी गत महिनामात्र आफ्नै मन्त्रिपरिषदका दुईजनाले राजीनामा दिएपछि सङ्कट गहिरिएको हो । प्रधानमन्त्री थेरेसामाथि सन् २०१९ मार्च २९ बाट बेलायत र युरोपेली यूनियन अलग्ग हुने सम्झौताको कार्यान्वयन गर्नैपर्ने चुनौती छ र यो समयावधि आउन अब केही महिना मात्र बाँकी छ । आगामी अक्टोबरको मध्यसम्ममा आयोजना हुने युरोपेली शिखर बैठकको मध्य सम्ममा एउटा सैद्धान्तिक सहमति खोजीसक्नु पर्नेछ ।

प्रधानमन्त्री थेरेसाले आयरल्यान्डसँग दोहोरो कर प्रणालीको प्रस्तावलाई अघि सार्नु भएको छ । प्रस्ताव अनुसार, आइरिस सीमामा उठाइने राजश्वलाई दुवै देशको हितमा प्रयोग गरिने छ । युरोपेली यूनियनका तर्फबाट आयरल्यान्डका लागि ब्रेक्सिट वार्ताकारका रुपमा खटाइएका मिसेल बार्नियरले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।

तर दुई नेताबीचको छलफलमा बार्नियरलाई हटाउने विषयमा छलफल नहुने स्रोतले बताएको छ ।

युरोपेली नेताहरु बार्नियरको पक्षमा खुलेरै बोलिरहेका छन् जसले एक लेख प्रकाशित गरी बेलायत र युरोपेली यूनियनबीच “बाहिरिने पक्षमा ८० प्रतिशत सम्झौता भइसकेको” बताउनुभएको छ । जर्मन र फ्रान्सेली भाषामा प्रकाशित सो लेखमा उहाँले “तर ८० प्रतिशत भनेको १०० प्रतिशत त होइन” भनी चेतावनी पनि दिनुभएको छ ।

फ्रान्सले ब्रेक्सिट सम्झौताका सन्दर्भमा कडा विचार राखिआएको छ, खासगरी वित्तीय सेवाका क्षेत्रमा । मुख्य बैंकिङ इकाईहरु लन्डनबाट पलायन भएमा त्यसबाट सिर्जना हुने करिब ३,५०० नयाँ बैंकिङ रोजगारी फ्रान्स आउने अपेक्षा फ्रान्सले गरिरहेको छ ।

अन्य क्षेत्रका कम्पनीहरुले पनि बेलायत छाड्ने सम्भावना रहेको चेतावनी दिइरहेका छन् जसले युरोपका अन्य मुलुकलाई आर्थिक रुपमा निकै फाइदा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu