ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमा कम्पनीका शेयर : बजार घटे, शाख घटेन


bhawani desk
२१ श्रावण २०७५, सोमबार   ३ : २८   बजे

काठमाडौं,२१ साउन । धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।

निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ ।

दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ ।

स्टकका अनुसार जीवन बीमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा रु ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर रु एक हजार ६२८ मा कारोवार भएको थियो ।

यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष रु एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता रु ३३३ ले घटेर रु ८३६ कायम भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु दुई हजार ४० मा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार २३६ मा खरिद बिक्री भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर रु ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ७०० मा कारोवार भएको थियो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा रु ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउनुहुन्छ ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।” बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उहाँको भनाइ छ ।

निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ४२६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर रु ८२० मा खरिद बिक्री भएको थियो । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८०३ मा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु एक हजार २६० मा खरिद बिक्री भएको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सको शेयर रु ५१६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १० मा खरिद बिक्री भएको थियो ।
यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता रु ५२०, एनएलजीको रु ८४२, प्रभु इन्स्योरेन्सको रु ४९७, प्रिमियर इन्स्योरेन्सको रु एक हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको रु ७३३ मा कारोवार भइरहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता रु १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर रु १७ हजार ८०० मूल्यमा खरिद बिक्री भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु एक हजार ३२५ मा खरिद बिक्री भइरहेको छ ।

गत वर्ष रु एक हजार ७६० मा खरिद बिक्री भएको थियो । शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु ९१७ मा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको रु ६६० र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता रु ८१७ मा खरिद बिक्री भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group