ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले बोलाए संवैधानिक परिषद बैठक, को होलान् प्रधानन्यायाधीश सिफारिस ?


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ४ : ०१   बजे

काठमाडौँ, २२ साउन । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि (बुधबार) बस्ने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भोलिका लागि बैठक डाकिएको तर समय भने टुंगो नभएको बताए।
यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो।

फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ। बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ। यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको तीन वर्ष पुगेको छैन।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्।

‘भोलिको परिषद् बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुन्छ, न्यायालयको नेतृत्व खाली हुँदैन,’ मंगलबार वीरगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने। उनले संसदीय सर्वोच्चता स्थापित गर्न यसपालि सुनुवाइ समितिले परिषद्ले सिफारिश गरेका जोशीलाई अस्वीकृत गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu